Friday, December 18, 2009

शान्ति र सिबंधान कतै धरापमा त् पर्दैछैन !

हरेक नयाँ कुराहरुले पहिला पहिला तरगं पैदा गर्दछ । समयबित्दै जादा बानीपार्दै जान्छ । र हरेकलाई अभ्यस्त बन्ााँउदै लैजान्छ । सघांत्मक ब्यबस्था र राज्यको पुनरसरचनापनि -त्यस्का मोडल र मर्ममा बहस हुनसक्छन । तर त्यो अब सबैलाई प्रतिबद्धता र अभ्यासको बिषय भैसक्यो । त्यस्का जटिुता भावना र स्वरुपमा अनेकौ बहस उठन पर्दछ । उठेकापनि छन र सबैले आफना मोडलपनि अगाडि सारिसकेका छन । त्योकतिपयको झारा टारेर रुपकोमात्रै छ भने कतिपयले आत्मासात गरेकोपनि छ । अहिलेको बढदैगएको टकराहट समस्यालाई पुरानै तरिकाले हल गर्नै की ! नयाँबिधी र सहमति अनुसार भन्ने हो । जस्ले दायित्व उठाउन पदैन त्यस्लेत अनेकौं भाँचा हाल्नेनै भयो । हिजो अग्रगमनको नेतृत्व काग्रेसले गरेकोले गोरखा परिषद उब्जाईएर गृहमन्त्रीलाई खुकुरी प्रहार भएकै हो । राजाको छोराले पोरा फुलाउन सक्छ रैतिका सन्तानको के ह्याउ भनेर हल्ला र भ्रम छरिएकै हो जब बिर्तावाल मौजावाल र जिम्वाललाई अस्तित्वको समस्या आयो तब तेरा घराँ काग्रेस पसोस् भन्ने श्राप उनिहरुलेनै बनाएकै हुन । के अहिले माओबादी प्रति अभिजातबर्ग र भाग्यले छप्परफाडेर शाशनमा बिराजमान गराएको यथास्थिति रुचाउने शक्तिले सोही बिडो थाम्नो अन्यथा हुदैननै । खुबखेल भए १७साल अगाडि । सबिधानसभाबारे अनेकौ बहाना बने । अनेकौ भुरे टाकुरे दलहरुलार्य उतारियो । ०१७ साल अघिको अबस्था र अहिलेको सासानापाटीहरुको बिगत र बर्तमान नियाल्ने र दाज्ने हो भने कयौसमान तस्बिर देखिन्छ । निर्वाचित प्रधानमन्त्री गिरफतार गर्ने सेनाको अभिष्ट छर्लिगंन्छ । काग्रेसमाथीको प्रहार र महेन्द्रशाही ब्यबस्थाको मुख्य थालनीको आधार तत्कालिन भुमिसुधारनै थियो भलै उस्कै अगुवाईमा अनेकौ ठाँउका किसान आन्दोलनमाथी बर्बर आक्रमण किन नभएको होस् । सितयुद्धकालिन अबस्था र उत्पन्न क्षेत्रिय तनाब महेन्द्रशाही ब्यबस्थालाई उपहार बनेको पक्कै थियो । बुढापाकाहरु हिजोको अबस्था त् अतिराम्रो थियो अहिले सबै सक्कियो भत्कियो र बिग्रयो भन्छन । यथास्थितिमै रमाँउनुभनेको बचपनामै बुढेशकाल लाग्नुहो भने गतिशील समयलाई पच्छयाउनु भनेको बुढेशकालमापनि बैसालु हुँनुहो । हाम्रो सामाज बिकासको गति अति धिमा भएकाले र मनसुनी मौसमीको अराजक क्यालेण्डरलेगर्दापनि भगबानभरोसे चेतनाले यहाँ ठाँउ पाउँदै गयो । त्यसलेगर्दा हरेक घटनासगं कार्य कारण र पणिाम जोडेर नियाल्नु सोही अनुसार सोच्नु र आफनो भुमिका निभाउनु भन्दापनि त्यो कस्ले भन्यो भनेर धारणा बनाउने चलनको यहाँ बिकास भयो । सनातनमा रमेको एउटा प्रबृति हुन्छ । आदेश अनुसार अबस्था हाकिन्छ भन्ने अभिजातबर्गिय सोचको ऊसगं त्यो घालमेलहुदाँ अहिलकॊ अबस्था अग्रगमन र यथास्थितिबिचको टकराहट तर्फ बढदैगयो । बिगत दशकको राजनीतिक हस्तक्षपले शहरिया र नबधनाढय एउटातप्कामा खासै असर पार्नसकेन । ऊआफैसगं रम्दै गयो । शहरकेन्द्रित सोच र केही मीडिया श्रिजित धारणाबाट हाकिँदै गयो । त्यस्ले धरातलिय यर्थात बुझन पट्ी लागेन । सकेन र बबुरामात्रै बनाईदिएर बिगतको हेक्कापनि राख्नभ्याएन । तिनिहरुमद्य कतिपयलाई अहिलेको योअबस्था वरदान बन्दैछ भने कतिपयभने योअरुलॆ टाउको दुखाउने बिषय हो हामिलाई मतलब छैन केको वास्ता ! भन्नेपनि रहेको छ । तर जहिलेपनि वास्ता राख्नु र नराख्नुसगं बिकसित अबस्थाको कुनै साइर्ँनो हुदैन । जोसुकैलेपनि श्रिजित परिणाम भोग्नैपर्छ । बिगत हाम्रो शाक्षी छ । सघांत्मक लोकतान्त्रिक धर्मनिरपेक्ष गणतन्त्रको नारालाई जस्ले हिजो उछित्तो खन्थ्यो उसलाई अहिले बानीमात्र परेन त्यसैको रुपमैभएपनि ब्याख्याता बनाईदियो । जनयुद्ध र जनआन्दोलनको एकमुष्ट प्रतिबद्धता १२ बुदँे सहमति थियो । ति दुबैले एउटाचरण पार गर्दा योदेशमा क्रान्ति र परिवर्तनले उत्कर्षता पुग्यो । अन्यमुलुको क्रान्तिपछाडिका दर्दनाक अबस्थाझै कसैलेपनि ब्यहोर्न परेन । यो सनातनी कानुन बिधी र परम्परा भत्काएर गरिएको सर्बथा नयाँ राजनीतिक निर्णय र अभ्यास थियो । परम्परामा बाधिँनेहरुलाई यस्ले ठुलो झटका दियो भने यथास्थितिमा रमाउनेहरुले यो सित्तै आएको ठानँे । यस्ले कयांै मान्यतालाई तोडदै भत्काउदै नयाँ थालनी गर्दा कतिपयको अस्तित्व आधार परिचय र स्वार्थमा जबरजस्ति धक्का पुर् यायो । त्यसलाई एउटा चरणमा पुर् याएर अन्तरिम सबिधान त्यसैको मर्म र भाबना अनुसारको आम चुनाब र फेरिएको शासन ब्यबस्थाको ब्यबस्थापन हुदै गए । ति बिधीमा टेकेर बिधी भत्काउदै बिधी बनाउदै गए । तिसबै राजनैतिक इक्ष्याशक्ति र गतिशीलतामा आधारित थिए । तार्किक निष्कर्षनै भनेको नयाँ सबिधान निर्माणको अबस्था थियो । त्यसेै मार्गचित्रमा टेकेर सघांत्मक लोकतान्त्रिक धर्मनिरपेक्ष गणतन्त्र नेपालको साझा सङ्कल्प लिईएको थियो । हरेक परिवर्तनमा हुनेगरेझै र भएझै यो प्रकृयामापनि शक्तिसन्तुलन गडबडाउनै पथ्र्यो । त्यस्तै भयो । को कहाँ पुगे र कस्को के हैसियत रहयो र कस्ले के भुमिका खेल्दै गए र खेल्दैछन भन्नेकुरा यस्लाई भबिस्यमा इतिहासले लेखाजोखा गर्लानै । इतिहासको अद्ययनको सन्दर्भ जिउँदाहरुसगंपनि हुन्छ भन मरिसकेकाहरुसर्गपनि । तर त्यस उपलब्धीलाई सस्थुगत गर्ने ब्यबस्थित पार्ने र बेैधानिकता दिने अबधी घर्कदैजाँदा कहिलेकाहीँ क्रान्ति आफनै उपलब्धी समेत जोगाउन नसक्ने ऐतिहासिकभुल यहाँ अर्काेपटक दोहर् याउन लागिरहेको त् छैन ! भन्ने आसकां बढनु अन्यथा मान्न सकिदैन । अहिले साझा सकंल्पका बिषयहरु बहसमा उठन सकेका छैनन मुलबिषयलाई अन्यन्त्रमोडने कोसिस सतहमा देखापरिराखेको छ । नायकहरुको नायकत्व क्रमस पुडको बन्दैजादाँ बिस्वासमा धा्ँजा परिरहेकाछन । जनमतलाई निराशामा फेर्ने कसरतपनि त्यतिकै हुदैछ । यो अबस्था भनेको परिस्थितिको जटिलता र राजनीतिक सुन्यता तिर अबस्था धकेलिदै गएको र मुठभेडको सकेंत हो । कुनैपनि ठाँउ कहिल्यैपनि खाली रहदैन र निमेषभरकोलागीमात्र सुन्यता छाउँछ । खालीपनाले पैदागरेको अबस्था भनेकै आधीँबेहरी र सुनामी आउँने सकेंत हो । त्यसले धेरै कुरा बढारेर लान्छ । लथालिगं पार्छ । हरेक ठुला महाबिपत्तिमा झिनामसिना कुराहरुको महत्व रहदैन वास्ता गरिदैन । ठुलो चोटको ठुलै उपचार । अहिले यहीजटिताको सामना गरिरहेको छ देशले । बिचारधाराका आफनै जटिलता हुन्छन र पार्टीगत राजनीतिले आग्रहपैदा हुनु र श्रेय आफना हिस्सामा पार्न खोज्नु अन्यथामान्नै पर्दैन । जब सोच गतिशील हुनसक्दैन तब राजनीतिक मुद्धाहरु ओझलिन्छन र त्यो सुन्यता आग्रह र प्रतिकृयाले लिन्छ । यस्ताबेला सकंल्पहरु तपशीलमा पर्दछन र उत्तेजना फैलाईन्छ । चालकशक्तिमा कि्रयसन नभै रियक्सननै बन्दछ । फैलाईएका उत्तेजना छरिएका भ्रम र आबेगमा ल्याईएका कार्यकर्ताबाट अबस्था प्रतिकुलतातर्फ धकेलिदै जटिलता थपिदैजान्छन । कतिपयको रहन्छ भने रातरहे अग्राख पलाए भन्ने सोच रहन्छ । उठेका समस्या पहल नलिईकन हलहुन्छ भन्ने समेत मान्यता राख्दछन । अहिले केही मान्छेहरु रमिते र केहीमान्छेहरु भ्रममा रमाईरहेका छन । जे होस् भ्रममा रमाउनेहरुको खुसीपनि आफनै प्रकारको हुन्छ । माओवादी फेर्ने फेरिने र फेरिनसकेन भन्ने बिषय अहिले अतयन्तै जोडतोडका साथ उठाईएको छ र त्यस्लाई पुष्टिगर्न अनैकौ तथ्य र तर्क अगाडि सारिएर उत्तेजनाको धरापमा फसाउने षडयन्त्रपनि त्यतिकै चालुछ । तर फेर्ने र फेरिने बिषय के थिए भन्नेबारे गम्भिर बहस हुदँैछैन । यस्ता मान्यताले अग्रगमनलाई निषेध गर्दछ भने दशक पहिलाकै अबस्थामा रमाउने माग गर्दछ । त्यस्ता चाहाना अब अभ्ययनका सामाग्री त् बन्न सक्लान तर ब्यबहारिक रुप लिनभने सक्नेछैन । लुरुलुरु लतारिने र खुरुखरु हाकिँने नत जनमतको अहिले चेतना छ नत त्यस्तो बिस्वस्निय प्राधिकार भएको यथास्थितिको नेतृत्व र अबस्था । जस्ले यो अबस्था लइायो ति जनताले सबैको हयाउ छामेका छन । अहिलेको गठबन्धन नेतृत्व भनेको माओबादीलाई घेराबन्दी र ऊप्रतिको चरम उत्तेजना फैलाएर यथास्थितिमा देशलाई राख्न चाहान्छ भने हिजोको सहमीत र सम्झोैताहरुको आत्मबिहिन अभ्यास गरेर मर्म तुहाउन चाहान्छ । त्यसैको सचेतता र खबरदारी भनेको अहिलेको माओबादी चाशो चिन्ता र अभियानमा ब्यक्त उस्का आधिकारिक भनाईहुन । बिकसित घटनाले योस नातनीशक्तिलाई फेरिन गरिएको उस्बाट अपिल र बददिएको अबस्थामा अग्रगमन शान्ति र सबिधानकालागी नयाँ सहमतिको आग्रहपनि हो ।
annapurna post 4 paus 2066

No comments:

Post a Comment