Thursday, January 21, 2010

कृष्णाको भ्रमण र थापाको सक्रियता

नेपालको राजनीतिक अवस्था अन्योलमा रहेको, संविधान समयमै बन्ला/नबन्ला भन्ने संशय रहेको र माओवादीले राष्ट्रिय जागरण कार्यक्रम चलाइरहेका वेला भारतीय विदेशमन्त्री एसएम कृष्णा आउनुभयो, जानुभयो । नेपालको आन्तरिक र बाह्य विषयमा अत्यन्तै महत्त्व राख्ने छिमेकी राष्ट्रका महत्त्वपूर्ण मन्त्रीको भ्रमण आफँैमा विशेष हुने भयो नै । एकातिर पूर्वराजाको भारत भ्रमण, त्यहाँका महत्त्वपूर्ण राजनेतासँगको भेटवार्ता र भारत सरकारमा शाही नातेदारहरूको अहं भूमिका भएको, अर्कोतर्फ त्यहाँ शान्ति-सम्झौताका समर्थकको महत्त्वपूर्ण भूमिका नभएको अवस्थामा कृष्णाको भ्रमणले विशेष महत्त्व राखेको छ । उहाँले के भन्नुभयो, यो मुख्य विषय होइन, के भन्न खोज्नुभयो, मुख्य कुरा यही हो ।

छिमेकीसँग भारतको चाहना हो, आफ्नो जन्मजात वैरीः पाकिस्तानको घुसपैठ नहोस्, मुख्य प्रतिस्पर्धी चीनको राजनीतिक र आर्थिकको प्रभाव नपरोस्, आन्तरिक सुरक्षा आँच आउनेगरी छिमेकी भूमि प्रयोग नहोस् । हरेक मुलुकका आ-आपनै संवेदनशीलता हुन्छन्, त्यसमा छिमेकीको सहयोगको अपेक्षा हुनु पनि स्वाभाविकै हो । नेपालमा आफ्नो एकछत्र बजार होस्, यहाँको प्राकृतिक जलस्रोतमाथि निर्वाध पहुँच रहोस् भन्ने उसको चाहना हो । उसको शताब्दी जलस्रोत रोडम्यापमा स्पष्ट यही आकांक्षा छ ।

अहिले भारतीय विदेशनीति नेहरू डक्टि्रन र गुजराल डक्टि्रनअनुसार चलेको छैन । विचार र राजनीतिको ठाउँ अहिले अर्थ-राजनीतिले ओगटेकाले यस्तै विदेशनीति चलिरहेको छ । आधुनिक भारतमा नेहरूको मिश्रति समाजवादी अर्थतन्त्र र गान्धीको आदर्श समाज इतिहासका कथा भएका छन् । आदर्शको राजनीति फाइदाको विदेशनीतिमा फेरिएपछि उपयोगिता हेर्दै सेयर मार्केटको व्यापारीले जस्तै सोच्नु अस्वाभाविक हुँदैन । तर, भारत अहिले आफैँ अन्तरविरोधको जालोमा पनि फसेको छ, जयसबाट उम्कन चाहन्छ ।

एकातर्फ विश्व आर्थिक शक्तिको होडबाजी, अर्कोतर्फ गाउँ र सहरबीचको असमानता, रूढिवाद र आधुनिकताबीचको खाडल, धार्मिक कट्टरता र त्यसले पार्ने सामाजिक सम्बन्धमा असर, गरिबी र धनीबीचको दूरी, क्षेत्रीय असमानता र स्वाभिमानको टकराहट, विकसित माओवादी विद्रोह उसका घरायसी जटिल समस्या र संवेदनशीलता हुन् । सामाजिक समस्याको हल न त कानुनी रूपमा हुन सक्छ, न त सुरक्षाका मामिला मात्रै बनाएर हुन्छ । उसको 'किंगमेकर' प्रान्त्ा बंगाल, बिहार, उत्तरप्रदेश र उत्तराञ्चलसँग जोडिएको नेपालमा हुने हरेक हलचल र आन्दोलनबाट ती प्रान्त पनि अछुतो हुन सक्दैनन् । भुसको आगोझैँ सल्किरहेको सामाजिक समस्याको विस्फोटको नेतृत्वले विचार र कलाको तालमेल भएको शक्तिले कुनै पनि वेला गर्न सक्छ भन्ने कुरा त्यहाँको शासकवर्गले बुझेको छ । त्यसैले ऊ चाहन्छ, नेपाली माओवादी आन्दोलनलाई आफूअनुकूल ढालेर भावी संविधान र राज्यको स्वरूप निर्धारण गरियोस् । पहिलेदेखि जारी नेपाली राजकीय संस्कृतिको निरन्तरता होस् । जब यो अपेक्षा माओवादीबाट पूरा नहुने निक्र्याेलमा ऊ पुग्यो, तब माओवादीप्रति उसको मोह र अपेक्षा भंग भयो । कृष्णाको औपचारिक भ्रमण, ज्ञानेन्द्रको भारतमा सम्मान, अत्यन्तै प्रभावशाली नेतृ सोनिया गान्धी र प्रधानमन्त्री मनमोहन सिंहसँग उनको भेट र फर्किंदा चम्किलो अनुहार, सूर्यबहादुर थापाको भारत भ्रमणपछिको राजनीतिक सक्रियता, माओवादीप्रति पूर्वाग्रही व्यवहार र राजनीतिक अस्तित्व धराप परेकाहरूसँग उनको हिमचिम, संघीयता र धर्मनिरपेक्षताविरोधीहरूको अप्रत्यक्ष लगनगाँठो, विभिन्न पार्टीमा गएका पञ्चहरू थ्ाापाको अगुवाइमा जमघट, तीन पार्टीमा विभाजित पञ्चहरूको पार्टी एकीकरणका लागि अन्तिम प्रयास ः यी कुनै काकताली मात्रै होइनन् ।

नेपाली कांगे्रससँग भारतीय संस्थापन पक्ष कांग्रेसको भावनात्मक सम्बन्ध कहिल्यै रहेन । भारतीय सोसलिस्टसँगको सम्बन्धका कारण बिपीबाबु र नेपाली कांग्रेस उसको सम्बन्ध कहिल्यै न्यानो रहेन । सोभियत संघको प्रभावमा रहेको भारतलाई बिपीबाबुले इजरायललाई मान्यता दिएको सह्य थिएन । यसो त निर्वाचित काग्रेस सरकारलाई अपदस्त गरिँदा पनि नेहरूले धेरै दिनपछि मात्रै संसद्मा ०१७ सालको महेन्द्र-कदमको झनिो विरोध गरे । त्यसको पछाडि पनि नेहरू र कांग्रेसका कटु आलोचक राममनोहर लोहिया, जयप्रकाश नारायण र भारतीय सोसलिस्टहरूसँग नेपाली कांग्रेसको सम्बन्ध राम्रो रहनु र नेपाली कांग्रेसको तत्कालीन सरकारले स्वतन्त्र विदेशनीति अपनाउन खोज्नु हो । बंगलादेश र सिक्किम प्रकरणपछि इन्दिरा गान्धीको अभीष्ट थाहा पाएर राष्ट्रिय मेलमिलाप नीति लिँदै बिपीबाबु देश र्फकनुभएको हो ।

राजाहरूले चीनलाई रिझाउन कीर्तिनिधि बिष्ट र भारतलाई रिझाउन सूर्यबहादुर थापालाई अगाडि सार्दै आए । शीतयुद्धकालीन सामरिक जटिलतामा त्यो आफ्नै प्रकारले पञ्चायतको बरदान पनि बन्यो भने परिवर्तित अवस्थामा त्यसले थेग्न सकेन । त्यसैले अरूले जतिसुकै भक्ति गरे पनि लामो समयदेखि कांग्रेस आईको निर्विवाद आशीर्वाद थापालाई नै रहँदै आएको छ । र, उसले अबको भरपर्दाे शक्ति पनि थापाको वैचारिक नेतृत्वसहितको नेपाली सेनालाई सोच्न पुगेको छ ।

अहिलेका भारतीय शासकहरूको ठूलो हिस्सा विचार र आन्दोलनको पृष्टभूमिबाट होइन, कुलीनवर्ग र व्यवस्थापकीय कौशलबाट सत्तामा आएकाले पनि उनीहरूको विचारमा सनातनपना छ । उनीहरू यथास्थितिको निरन्तरतामा कुनै आँच नआउनेगरी परिवर्तन होस् भन्ने चाहन्छन् । अर्काे उल्लेखनीय पक्ष के हो भने साउथ ब्लक नै नेपालसम्बन्धी नीति-निर्माणको महत्त्वपूर्ण भूमिकामा छ । अन्य मुलुकबारे यथार्थवादी दृष्टिकोण राख्न सके पनि उनीहरू छिमेकीप्रति भने अंग्रेजनीतिलाई नै निरन्तरता दिन पुग्छन् र छिमेकमा समस्या पैदा हुन्छ । उनीहरूले लाहुरे मानसिकताबाट ग्रस्त नेपालीको मनोदशा त बुझेका छन्, तर स्वाभिमानी नेपालीत्व र धरातलीय यर्थाथ भने बुझेका छैनन् । यही मानसिक समस्याले गर्दा उनीहरूले जहिले पनि हस्तक्षेप गरेर भारतविरोधी मानसिकता पैदा गर्दै आएका छन् । उनीहरूको रोजाइमा जनताबाट तिरस्कृतहरू नै अहं महत्त्वका शक्ति बन्दै आएका छन्, जसमार्फत आफ्नो अभीष्ट पूरा हुन्छ भन्ने ठम्याइ उनीहरूमा छ ।

अहिले समस्या कहाँ हो त ? विश्वराजनीतिमा धेरै कुरा फेरिए, तर भारतीय शासकवर्गको मानसिकता भने फेरिएको छैन । छिमेकीप्रति अंग्रेजकालीन हेपाहा नीति र आफ्नै सुरक्षा छातामा छिमेकीको शासनाधिकार रहोस् भन्ने उसको मनोकामना नै समस्या हुन् । विश्व महाशक्ति बन्ने दौडमा सामेल क्षेत्रीय महाशक्ति भारतको पहिलो चाहना भनेको छिमेकीमा बर्चस्व कायम गर्नु नै हो । उसको महत्त्वाकांक्षा पूरा गर्न छिमेकीको पनि भावनात्मक विश्वास आवश्यक हुन्छ । त्यस्तो विश्वास जनअनोमोदित शक्तिलाई पाखा लगाएर होइन, उससँग सहकार्य गरेर मात्रै पूरा हुन्छ । सूर्यबहादुर थापा र उनको कम्पनीलाई अगाडि सारेर भारतले फेरि थालेको प्रयोग एउटा भद्दा खेल मात्रै हुनेछ, संसारको ठूलो प्रजातान्त्रिक मुलुकको लोकतन्त्र र जनअभिमतको विपक्षमा हुनेछ ।
http://www.nayapatrika.com/newsportal/permalink/10483.html

Friday, January 8, 2010

यो पनि रामायणकै कथा हो

नयाँ पटरानीको सिहांसनमान सरमा विराजमान थिइन । महाराज विभिषणले आफनो आसन जमाईसकेका थिए । जलेर ध्वस्त भएको सुनको लकंa नासिएको कुल । महाराज रावण र उन्को वंश लडाइमा सकिइसकेको । उन्ले दुईटामात्रै भोलिका लागी काम थातीँ राखेका थिए-सुनमा बास्ना थप्ने र स्वर्ग जाने भर् याङ्गं बनाउने । हरेक मान्छेको जीवनमा भोलि कहिल्यै नआएझै रावणको जीवनमापनि कहिल्यै भोली आएन । नवोदित राज कुमारलाई काखमा च्यापेर बिधुवी कुम्भकर्ण भार्याको प्रबेश भएपछि राजमहलमा एकाएक सन्नाटा छायो । पुराना भारदारहरु कोही पनि देखिदैनन । नत गर्बिला राजा न्ात बहादुर पुराना सेनापतिहरु । ती सबै यात लडाँईमा मारिए यात नयाँ राजालाई मानेनन । जेहोस् सुनको लकi जस्ले बनाएका थिए ती त्यहाँ कोहीपनि थिएनन ।सन्नाटाको बीचैमा दरबार लाग्यो । आयोजन गर्भे टुहुरो कुम्भकर्णलालको पास्नीको लागी भएको थियो । भारदारी सभामा पदापर्ण गरेर केहीबेर अघिसम्म सान सौकतमा देखिएका नयाँ भारदारहरुमा पहिले छाएको कान्ति मलिन हुदै थियो । यूद्धपछिको दरबारमा लडाईको भयानक छायाँ पर्ला भनेर सबैले सोचेपनि मुर्दाघाटझै यस्तो शान्तिको भने कल्पनै नगरेका महाराजको चेहरामा टुहुरो भतिजो काखाँ च्यापेकी भाउजू देखेर आतकं छायो । हुनुपर्ने उल्लासमय माहोल थिएन भएन । आधिँबेहरीपूर्वको यो सन्नाटाले जलेको लकां नास भएको कुल थापिएको निगाहाको मुकुटले राजा वीभीषणकॊ अनुहारमा राजसी चमकको बदला दयनीय अबस्था र पछुताव स्पष्ट झल्किन्थ्यो । उन्लाई मगंंल धुन र जयजयकारको आवाजले जिस्क्याएझै लाग्दै गयो । मुटु पोलिरहेको थियो । मनको बह कसैलाई नकह जस्तै भएका महाराजलाई यो दरबार किन लगाएको हुँला भनेर पछुतो लाग्दापनि पास्नी नसकी भारदारी सभा सक्नु भनेको अर्थ अनर्थमा फेरिन्थ्यो । मर्म र सन्देश अर्कै जाने भएकाले पनि पुरा त् गर्नै थियो । तर केही भारदार र पटरानीलाई भने त्यस्तो केही चिन्ता थिएन ।मान्छे त्यही कुरा देख्छ जो ऊ देख्न चाहान्छ । शुन्दरता आखैँपिच्छे फरकफरक हुन्छन । शत्यपनि विस्वास अनुसार भिन्नाभिन्नै हुन्छन । सनातनमै हाकिँन मान्छे अभ्यस्त हुदाँ नयाँ विषय उस्कोलागी आतंक बन्नेगर्छ । शक्तिको सलाम गर्न अभ्यस्त हुदाँपनि त्यस्लाई हाकाहाकी चुनौती दिनेहरुलाई सहज तरिकाले स्विकार्न सक्दैन । जब मान्छे शक्तिको मौलिक कल्पना गर्दैेन तब निगाहामा बाच्न ऊ विवस हुन्छ । बानी पार्दै जान्छ । सनातनीहरु हिजोदेखी असन्तुष्टी त् हुन्छन तर केही नखजमजिई आफनै सर्तमा नयाँ परिस्थिति आओस् पाईयोस् भैदिओस् र त्यस्को केही पनि मुल्य भुक्तान गर्न नपरोस् भन्ने चाहान्छन । वास्तबिकता र नागों वास्तबिकतामा फरक भएपनि कपडाले बेरेको यर्थात जब बेपर्दा हुन्छ त्यस्लाई सहजै स्वीकार्न जो कोहीलाई गाह्रो पर्छ । मौन आतंकले पिरोलिएका विभीषण श्रिपेच ढल्काउदा पनि एउटी अवला बिधुवी भाउजु र नवालक अबोध भतिजो देखी अत्यन्तै आतंकित बन्न पुन्छन । वंश र राष्ट्रको मोलमा लगाएको मुकुट शोभा नबनेर गह्रौ र गन्हाउने भारी बनेको ठान्छन । कस्लाई भन्ने मनको बह । आफनै कुकृत्यको मानसिक पिडा उठाईरहेका रामानुजलाई पटक्कै त्यहाँ बस्न मनै लाग्दैन । तर आफैंबाट लखेटिएर बिचरा जाउँन कहाँ ! बिना अनिष्ट दरबार उठोस् भन्ने उन्को कामना र छटपटाहटले भारदारहरुमा अझ बेचैन थप्छ । अयोध्या दूतहरु भने कुनै अनिष्ट नहोस् र आफैंले सिगाँरेका महाराजलाई कसैले बात नलगाई दिओस् भन्ने प्रपच्ा गरिराखेका हुन्छन । हल्लाखोरहरु रावणको राक्षसीपनाको सबाई कथिरहेका, फलाकी रहेका हुन्छन । मसान बनेका चोकचोकमा रामभक्त माहाराजको महिमा गाईरहेको आवाज दरबारमा पुगिरहेको हुन्छ । आफैलाई छल्ने जति कोसिस गरे पनि महाराज सक्दैनन । हरेक मानिसलाई हृदयको आवाज र आदेशले पिरोलिरहेझैं उनिपनि ब्याकुल हुन्छन । मान्यजनको आशीर्वचनको थालनीबाट अन्नप्रासन थालनी हुन्छ । कुलको मर्यादाक्रममा जेठो शिसुकी माताश्रीनै हुन्छिन । उनि युद्धको बेला गर्भिणीनै भएकीले सती जानबाट रोकिएकी थिइन । शिसुका दुबै दाजु कुम्भ र निकुम्भ वंश र देशका लागी रामसेनासगँ लडदालडदै मारिएका थिए । हासिँरहेको शिसुको टाउको सुम्सुम्याउदै माताश्री आशीर्वाचन गर्छिन- पुत्र ! राष्ट्र र कुलको रक्षा र मर्यादानिम्ति दाजुहरुको बिँडो थामेस् हासीँहासी मर्ने पिताश्रीहरुकै अनुसरण गरेस् …॥तथास्तु ू माहोल अझ सन्नाटा छायो । मौन आतंक व्याप्त भयो । महाराज विभीषण बेहास् होलान जस्ता देखिए । भारदारहरु एकापसमा हेराहेर गर्न थाले । यो अनिष्ट कसरी भयो ! भनेर अयोध्या दूत छटपटिए । पटरानीको आसनमा रहेकी सरमा असह्यै भएर काम्दै गर्जिन ूदिनै थियो भने राम्रै आशिरवचन दिएको भए हुन्थ्यो ू खिलखिलाईरहेको शिसुलाई वक्ष्यस्थलमा लगाउदै कुम्भकर्ण भार्याको स्वरले राजभवन काप्यो । सुनको लका आफनो पित्रीभूमि ं बचाउन आफनो वंशलाई बलीबेदीमा चढाउने इच्क्ष्ाक कुलपति रावण कुम्भकर्ण इन्द्रजित र कुम्भ निकुम्भ कहाँका महान थिए अर्कातर्फ श्रिपेच ढल्काउँदै आर्काको दासता स्विकार्नेको तुलना नै कसरी हुन सक्छ पित्रीभूमि प्रतिको गद्धारी र वंश निर्मुल पार्नेको तुलना नै कहाँ हुनसक्ला ! शान सहितं बाचेँ मान्छेको जस्तो स्वाभिमान राखे बहादुर भएर लडे सहिद भएर बिते । जस्तो लकांली हुनुपथ्र्यो त्यस्तै भए । ूबाबु… तँ तिनै महान आत्माको सन्तति होस् जस्ाले उनिहरुले गर्न थातीँ रहेको कार्य फत्ते गर्नपर्नेछ । आफना लागी जातिय र राष्ट्रिय स्वभिमानलाई दाउमा लगाउने र मुल कुरा अन्यन्त्र मोड्न यस्तो धर्मात्माभन्दा सानदार बरु उनीहरुको अर्थको पापी नै बनेसू । घाइते बघिनै झै कुर्लिरहेकी सिहंली वीरगंना एक्लै लडिरहेकी थिईन । आक्रोसले थरथर कापेको शरीरमा जातीय गौरव राष्ट्रिय स्वाभिमान र वंशको सान कुर्लिरहेको थियो । उन्ामा रहेको आत्मविस्वासले नयाँ भारदारहरु कापेँ भने महाराज विभीषणलाई चिटचिट पसिना आयो । पटरानीलाई नाकमा हानिएको त्यो भनाई घुस्सा बनेको थियो । र महाराजले नरोकेकोमा आक्रोस पनि । यत्रो लकां कब्जा गर्दापनि एक अबलाको त्यो सरेआम निन्दा पचाउन सकेकोमा आफनै ख्वामितसगं सहिनसक्नु रिस उठेको थियो । आक्रमण गर्न त_िम्सएकी सरमालाई महाराजले रोक्दा रोक्दै पनि उन्ले सिता अपहरणको रावणलाई बात लगाइन र पापी नास गर्न र धर्मको पालन गराउन महाराजले जे कदम उठाए त्यो जायज र धर्मको मयार्दा पालन हो भन्ोर कुर्लिन । रिस आवेग र कर्तब्यले थरथराईरहेकी कुम्भकर्णभार्या भारी दरबारमा सिहंनी गर्जन थालिन- एउटी यौवना बहिनी सुर्पणखाले कसैलाई बिहेको प्रस्ताव राख्दा नाक कान काटेर बेईजत गर्नु कुनचाँही भगवान्को यो लिला हो र त्यस्लाई लकांपतिले युद्धघोष भनेर किन नबुझने अर्काेतर्फ तिमीपनि महिला हौ पबित्रताको अर्थ बुझछेउ । महाराज रावणको तागत तिमीलाई पनि थाहा थियो । के लकुंलीले सिताको सतित्वमाथि कहिल्यै आँच पुर् याए ! केका लागी महाराजले राष्ट्र र वशनास गर्नु भो त्यही श्रिपेचको लागी । धिक्कार होस् त्यो सत्ता जहाँ स्वभिमान बन्दगी राख्न पर्छ इतिहासमा कलकं लिएर बनेर यूग युगान्तर रहन पर्छ ।बिधुवा भाउजूको कुर्लाई महारानी सरमाको अवस्था भाईभारदारको मनोभावनाले महाराज सिहाँसनबाट जुरुक्क उठे । फर्किएर गद्धीतिर एकनजर लगाए । महारानीलाई डोर् याउदै खोपीतिर लागे । अरु आसिरवाद कार्यक्रम रोकियो । सबै भारदार मलिन अनुहार लगाउदै दरबारबाट निक्लिए । अयोध्या दूतहरुभने आस्र्चयमा परे । त्यो सबै बुझेझै गरेर शिशु खितखिताउन थाल्यो भने माता उस्को तालु सुम्सुम्याउदै गबिर्लाे चेहरा लिएर राजप्रासादबाट निक्लिईन । ंंंंंंंंंंंंंंंंंंंंंंं……………………………………………………………………………………………… त्यसबेलादेिख हरेक कालखण्डमा जहाँ रामायण वाचन हुन्छ, जहाँ गजराज मिश्र, लेण्डुप दोर्जे, अहमद चलाबी र कर्जाईको चर्चा हुन्छ, जहाँ राष्टबाद चर्चामा हुन्छ त्यहाँ रामायणको अर्काे पाटोको यो कथा पनि वाचित हुने गरेको छ ।१ जनताको नजरमा कहित्यै नगिरौं २, जनबिस्वास कहिल्यै नडगमगाओस् ३ mukhbat nikleko boli ,केराको गुभो, padkeko बन्दुकको गोली र सिउँदोको सिन्दुर अर्को पटक दोहारिदैन । अन्नापूर्ण पोष्ट २५पौष २०६६

Sunday, January 3, 2010

टिष्टा पुग्न नपाँउदाको थक्थकी

मात्रृपर्वमा पनि बुढीआमा कहाँ जान भ्याईन पाँइन्ा । ढोगसम्मानगर्न बिहानै फोन गरीँ । सन्तानका लागी सबैका आमा राम्रा हुन्छन र सन्तानसगं कुनै आशा र अपेक्षाले स्नेह गर्दैनन उनिहरु । इलाम बजार बिहानैदेखी चहलपहल छ । आमालाई मिठो ख्वाउने र राम्रो कपडा लगिदिनेहरुको भिडै लागेको छ । त्यसैले यहाँको प्रख्यात मिठाई बम्बैसान र ललिपप सखारै बजारबाट सकिएछ । चाख्ने धोकोले धोका पायो । पत्रकार महाँसघको कार्यक्रम सकिनासाथ सुरेसजीसगैं इलाम यफयमतिर लाग्यौे । न्यूनतम पारिश्रमिकबारे मेरो अद्ययन सामान्यै छ त्यसबारे सुरेसलाई राम्रोमात्रै हैन उनि कोही रिसाउलानकि खुसाउलान भन्ने सोच्दै नसोची हाकाहाकी बोलीदिन सक्छन । श्रमविबी र मालिक छुटयाउन नसकिने नेपाली मीडिया क्षेत्रमा अझ सरकारी प्रतिनिधी बनेर बोल्नु त आ बैल मुझेमार भन्नु बराबर हो । झण्डै आधाबर्ष सन्चार मन्त्रालयमा बसेर माइक्रोस्कोपले हेर्दा त कति कुरुपता देखिादोँ रहेछ भन्नै सकिदैन अहिले । नागोंपना ज्यादै भद्धाकुरुप र घिनलाग्दो पो हुदोँरहेछ । हाकाहाकी त्यस कुरुपतालाई जो कोहीले हेर्नपनि सक्दैन । हरेक साझँले पात्रलाई प्रबृतिसगं जोडिदिन्छ । जोजे छ कमै मानिस आफनो मौलिक चहेरा लुकाउन सक्छन । उनिहरु आफनै बाटोमा लम्कन्छन । इलाम मस्त छ सिरसिर बसन्तिलो हावा मनमोहक बनेको छ । सनिबार भएकोले अपरान्हदेखीनै बजार त्यतिको चहलपहल छैन । केही साथी सिक्किमे र इलामे अदुवा चाख्न खुसुक्क लस्किएछनआफु छलिएछ ।आधुनिक नभै प्रगतिशील देखिनेहरु आडम्बरमा बाच्न अभ्यस्त हुन्छन र दोहोरो जीवनशैली मन पराउछन । भन्ने एउटा गर्ने एउटा देखिने एउटा र हुने एउटाले वर्तमान समय घायल भएकोछ । सामन्तवादको केन्द्रिय प्रतिनिधीलाई परास्त गर्न सकेपनि सष्क्रितिमा भने त्यसैलाई निरन्तरता दिदाँ आफु नक्कली आदर्शवादी गनिन अभ्यस्त हुदैछ हाम्रो समाज । यो दोहोरो मानकले कायलनै छ परिबेस । आर्दश र नैेतिकताको अर्थपनि सामाजिक अबस्था र सम्बन्धले तय गर्दो रहेछ । राजनीतिमा त्यस्तै देखिन्छ । इलामेली यो साँझमापनि म यस्तै सोच्छु । चाखहरु फरक छन तर हाम्रो टिम आडम्बरी छैन । तितो यर्थात स्वीकार्न सक्छ । दोैतँरीको खुसीमा सहभागिता जनाउदै रमाउन सक्छ । लामोदिन देखीनै किशोरको पत्रकारितादेखी नजदिकिन म आतङ्कित भएको थिँए । ऊ घगडान पत्रकार हो । छिद्र पत्ता लगाउन माहिर छ र सुत्रको भरपुर प्रयोग गर्दै समाचारसगँ खेल्नसक्ने महाखेलाडीनै हॊ । सक्रंमनको अत्यन्तै नाजुक यस घडीमा म ऊसगं नजिक पनि हुन चाहेको छैन टाढा हुन पनि मनले मानेको छैन । मेरेा सूचनाको श्रोत एकतर्फी छ र आग्रह मिसिएको पनि हुन सक्छ । तर ऊ भने चौतर्फी फेरो मार्छ । एउटा शक्तिशाली सपादक कसरी सूचना पाँउछ केलाउछखेलाउछ भनेर नियालि राखेको हुन्छु । मेरो असहजतालाई ऊ सहज बनाईदिन्छ । सुर्यतापबाट इलामले ननहुवाउदै हामीे पर्यटन थलो माई पोखरी जाने सुर कस्यौ । त्यहुको समग्र बताईदिने साथीको अभाब खटकिएकै थियो । नाङ्गां आखाले प्राकि्रतिक सौन्दर्यपान त गर्न सकिन्थ्यो तर इलामगाथा पढन भने हुति थिएन । साथीहरु सिक्किम र टिष्टा नदी पुगेर मनभारी पार्दै फर्केका थिए । माने भन्ज्यागंका पिडा पोखेका थिए । सो बृतान्त सुनाउदाँ म भने कठमाण्डौकेै हबिगतघाईते भुगोल र अनेकौ रुपरङ्गंका नयाँ लेण्डुपलाई सम्झिराखेको थिएँु । हुपको तत्कालिन कथाब्यथा बारबराले सुनाएको झलझल्ती याद आउँदै राजधानीका लाउकेहरुको नागो तस्बिर सामने अउँछ । थुईक्क थुकिदिन्छु तिनिहरुको नाम र कामलाई । पारी पटटीको इन्तु डाँडा पहिलो पहरको सुर्यादय नियाल्न निम्त्याई रहेको थियो । हामीभन्दा सय मिटर माथी नेपालकै पहिलो ककि्रट घर र छेवैको पहिलो उद्योगले बोल्नेको पिठो बिक्ने र नबोल्नको चामल पनि नबिक्ने भनेर सुबिधाका ब्याख्याता र सहज इतिहासकारलाई गिज्याई रहेको छ । जतिपुर नहमीका काले दमाईले बनाईदिएको पुवा खोला दमाईपुलले जातीबादी र जातिय अहकारीलाई जिस्क्याई रहेको छ । अर्थाेडक्स चियाको सुर्काे तानेपछि नागबेली बाटो समातेर खेमले चुचुरो छुन गाडी हुईक्याए । पिच छोडेर गेगि्रनपथबाट जानुपर्ने । केहीबेर अलमलियौ । बाटो खोज्नु पर्छ निकास जहाँपनि पाईन्छनै । पहाडको चुचुरोमा रहेको यो राममसार सरक्षण सुचिको उच्च सिमसार हो । यहाँ अनेको प्रजातीका दुर्लभ बनस्पती र जलकुकुरको बासस्थान । जल कुकुर भने जेठ पहिलो हप्ता देखी भदौ पहिलो हप्ता भित्रमात्र बाहिर आउँछ । नजान्नु पनि कस्तो दुर्भाग्य झयाउले पोखरी ढाक्यो भनेर निकालेको त उही झयाउनै जलाधारको दुर्लभ बनस्पती पो रहेछ । अब भोफसाद ! त्यही पो सरक्षण गर्नु पर्ने । माईपाखरीका नौ कुना एउटा कुनोबाट अकेर्ा नदेखिने । प्रकि्रतिपुजक बौद्य र हिन्दुहरुको पावन थली । आआफनै मान्यता अनुसारको आस्थाकेन्द्र । अनेकौ भाकल गर्नेहरु टाढाटाढाबाट आउँछन । आस्थापनि कस्तो अनौठो चिज हो त्यो तर्कको कसौटीमा जाच्न कहिल्यैपनि उक्स्याउदैन । ९४बर्ष पार गरेकी बताउने बुढीबजै माई पोखरी मन्दिरमा छिन । पोखरीको बिर्धीले सत डगाई दिएपछी रातमा सुनिने एकनासकोस्वर अब हरायो भन्छिन । भगावानको थलीमापनि पैसा तिरेर आउनु परेपछी भगवानले बास सारे अरॆ । एकाएक रातो र सेतो गुरास देखेपछि देबी क्षेत्री दुलालसगं सोधीँ…।sे यो बिषालु हुन्छ हो भने । दुबै गुराँसका रुख र पातहरु उस्तैउस्तै हुन्छन । जुम्ला कालिकोट बिचमा ठडिएको माछालेकमा यस्तै बिषालु सेतो गुँरासबारे जनदिशा सम्पादक दिपेन्द्र रोकायाले बताएका थिए । त्यता सेतो गुराँसलाई चिमालो भनिन्छ । जताततै राम्रोका साथ नराम्रो पनि हुन्छ । बिष र अमृत सगंसगै हुर्किराखेका हुन्छन । क्रान्ति र प्तिक्रान्तिपनि साथसाथै बढेको हुन्छ । बिषालु गुरुसपनि फुलेपछि मात्रै सेतो र रातो बनेर छुटिन्छ भने परिणाममा प्रष्टिएपछी मात्रै सामान्यजनले त्यो भिन्नता थाहा पाउँछन । पर्यटनको अकुत सम्बाभना रहेको माईपोखरी क्षेत्रले सबैलाई लोभ्यायो । त्यहाँ रोपनीको २०देखी २५हजार मोल पर्ने जमीन पाईन्छ भने हरेक डाँडाकुढा चिया बगानमा फेरिएकाछन । किसोर र गोबिन्द गम्भिर भए । प्यूठाने गोबिन्द र प्रदुसनयूक्त काठमाण्डौबासी किसोर किन इलामसगं नलोभिनु । यहााबाट १५कोष उत्तरमा सम्बतपुर पर्यटन क्षेत्र पर्छ । यो सिक्किमदाजृलिगं पाचथर र इलामको सगंम हो । सुर्यादयको आभा पहिलो पटक यहीँबाट देख्न सिकिन्छ । २०१८सालमा महेन्द्रशाही ब्यबस्था बिरुद्धका योद्धालाई साही सेनाले नजिकैको सातखाल्डेमा ७जनाको।एउटै चिहान पारेको थियो । नत त्यहाँ शिर निहुराउन पुग्न सकियो नत इभान जगंल रत्न बान्तवा सहादत थलोमा । बरु टिकट बेच्दै रहकी बालिका नोर्बु छेवा सेर्पाको नस्रबन्ने धोको अभाबका बिचमा पनि बुनिने सपना गम्दै तलतिर झरियो । इलामे आधुनिककरणको श्रेय बडाहाकिम गजराज सिह।थापालाई जान्न्छ । बिसं १९२०देखी चिया खेती सुरु भएको इलाममा ३५ देखी कारखानामा पेल्न सुर भएर भने ६७ देखी राष्टिय आम्दानीमा बाधिन थालिन्छ । बिसं १९७६मा पसुपतिनगर बागबीरे गाँउका हेमकर्ण पाण्डेलाइृ अलैची बेर्नाल्याएको आरोपमा पक्राउ पर्छन । त्यो सुनेपछी लेप्चाहरुले पहिल्यैदेखी लगाई राखेका अलैचीँबोट मास्छन । उनै पाण्डेनै अलैचीका इलामेलि पिता हुन । सुगौली सन्धी पहिला दाजलिगंतिरको नागरगढी जिल्लाको सलरमुकाम हुन्छ भने त्यसपछी सारिएर करथोक । राजनीतिक जागरणको सम्मान झापामा बिस्तरामा परेका मुक्ति सेनाका अगुवा नरेन्द्र बास्तोलालाई जान्छ । सामाजिक नायकमा फाल्गुनानन्द पर्छन भने शेैक्षिक जागरणमा सम्मानले लिईने नाम भनेको पदम बहादुर देवान माया देबी र सरस्वती राई रहेछन । २००६ साल तिरै क।पुस्पलालले नामसालीगंमा कम्युनिष्ट पार्टीको प्रारम्भिक समिति गठन गरी तरकारीका बिउ दिदै १० गह्ाको ब्यबसायिक खेती उन्पुख गराउदै त्यस मद्य १ गह्राको आम्दानी पार्टीलाई लेबी तय गरेका रहेछन । बुद्धिमान तामागं ज्ञानिराम भटटराई र अन्नापुर्णा दुलाल्नी बज्यै सो कमिटीका सदस्य रहेछन । पहिलो पटक सिक्किमबाट अलैचिबेर्ना ल्याउदा पक्राउ परेपनि अर्काे पटक ल्याएर अलैचि खेती सुरु गरेछन॥पाण्डेले । अहिले ६ अ अदुवाअलैचि ओलान आलु अथोडक्स चिया र अमि्रसो इलामको बरदानेै हुन भने हरियाली इलाम बचाउन बाँसको कम भूमिका छैन । यसले जगंललाई जोगाएको छ । किसानका लागी काठको दैेनिक आबस्यकता पुरा गरेको छ । अरु सहर जान्छन बिदेश भासिन्छन तर ब्यक्तिबाट ब्यक्तित्वमा फेरिई सकेका गणेश रसिकलाई भने इलामलेनै तानेछफर्काएछ । फिक्कल झापा ओर्लने र पसुपतिनगर लाग्ने दोबाटो । उनि फिक्कलमा रेडियो चलाएर बसेकाछन । घाएल चहर्याएको राष्टबाद माने भन्ज्यागं मात्र १० किलो मिटर पूर्वमा छ । इलाम आउने तर चिया बगान हेरेर चिया कारखाना नहर्ने हुनै सक्दैनथ्यो । मेरो आग्रह मन्जुर भयो चिया प्रोसेसिगं हेरियो । बिहानको खाना यहीँखानँे निधो भयो । भोकको खाना आफनै प्रकारको हुन्छ जमेर तोँद भरियो । अगाडि कन्याम लोभलाग्दो चिया बगान पर्छ । चियाका मुना टिप्न पनि राधिका गिरी र उमिर्ला चौलागाईले सिकाईदिनु भयो । काठमाण्डौ छिनछिनमै नयाँ नयँु सूचना बनेर आईरहेको थियो सूचनाका धनी किसोर हामीसगैं थिए । अर्काेतर्फ खाना खान जनमुक्ति सेनाको चुलाचुली ब्यारेक जाने पनि योजना थियो । तर बदलिदो अबस्था र सैन्य सबेदनशीलतालाई ख्याल गर्दे त्यता नलाग्ने मेरो एकल निर्णयलाई दौतरीहरुले असहज मानेझैं लाग्यो । जेहोस् । एकसरो बाटो छिनछिनका घुम्टी । इलामपथका सामने बाईरोड त बबुरो हुन्छ । हो साच्चैनै त्यस्ता पाहाडी बाटोमा डाइबरले अर्कोपटक गल्तीगर्न बाकीँनै रहदैनन । इलाम र झापाबारे छलफल हुनु भन्दापनि काठमाडैलनैे तानेको थियो सबैलाई । साझँ बिराट नगर पुगियो । स्व। नर बहादुरको होटल । दिबगंत ब्याक्ति को काम र जस अहिलेपनि सन्तानलाई आधार बनेको छ । टेडमार्क बनेको छ । बसाई आलिसानको होटल तर ब्यबस्थापनमा अत्यन्तै फितलो । काठमाण्डौको राजनीतिक सरगर्मी बिराटनगरको हपहपी गर्मी । दुबैलाई पचाउदै रात काटियो । बिहानै किसोरले हामीलाई बाईबाई भन्दै राजधानी लाग्ने जोहो गरे । नारायन गुरुजी सुरेसजी गोबिन्दजी र श्रि धरजी पत्रकारहरुसगं अन्तरकि्रयामा जानु भो म भने बर्षाैदेखी नभटिएकी बिध्या दिदीलाई प्रणाम गर्न नहर पारी लागेँ ।जनआसथा साप्ताहिक २०६६साल बैसाख ३० बुधबार
पूर्बि पहाडतिरको पहिलो पाईलो
राप र चापले राजधानी तातेको थियो । सबै शक्ति र पक्ष्य आआफना दाउ खुलेरै खेल्दै थिए । कोही पनि पर्दामा थिएनन । त्यसै बेला इलाम जाने निम्तो आयो । एकातर्फ काठमाण्डौको सरगर्मी अर्कातर्फ जातिय आग्रहको बन्दको बिच यात्रा कति सुखद हुने हो ! भन्ने थियो भने अर्कोतर्फ पूर्बेली हरियाली बगैंचे जिल्लाले आकसर्ित गरिराखेको थियो मोह पनि त्यतिकै जागाईरहेको थियो । तराई बन्द थियो । जातिय उन्मादलाई ब्यबस्थापन गर्नै राजनीतिक नेतृत्वनै आग्रही भएपछि यो अबस्था हुनु स्वभाबिकै हुन्थ्यो । आर्दश र पहिचानका नाममा थालिएका उकासिएका र प्रायोजीत गरिएका सकि्रयताबाट पिडित तराई र यस्कॊ नागों वास्तबिकता र नेतृत्वका अन्तरआत्मा कुरा बुझदा पनि जसरी आम नेपाली प्रतिक्रया बिहिन छन म पनि एउटा लाचार ब्यक्तिभन्दा फरक थिइँन । सहभागी साथी अनुसार पनि यात्राका योजना बन्ने गर्छन । दोमनकै बिचमा थालियो । अरु साथीहरु अधिल्लै दिन त्यता लागिसकेका थिए । श्रि धर जी र मैले हबाई जहाज समयको अन्तिम क्षणतिर मात्रै तय गर्योँै । बिमानस्थलमा पत्रकार नेत्र केसी भेटिए । कर्म थलो र मेरो बिष्व बिध्यालय नेपालगन्जबारे कुराकानी भए । नेत्र नेपालको ब्यबसायिक पत्रकारितामा मह्त्वपूर्ण नाम हो । कास .....उ पनि यही माहैलमा फस्दो हो त आग्रह रहित पत्रकारिता गर्न सक्थ्यो कि सक्दैनथ्यो होला सोच्दछु । यात्रा कति सुखद हने हो ३० मिनटको उडानपूर्बिय हिम श्रिखलांको स्वाद लिदै तातो तातो र गर्मिकॊ बिचको बिराट नगर उत्रिँयौ । राजधानीमा rajnitiको चर्काै सरगर्मी छ । बिराट नगर गर्मीले पाकिरहेको छ । o!… बिराट नगर ४वटा प्रध्1नमन्त्री जन्माईसकेको सहर । त.....आधुनिक नेपाली इतिहासको प्रमुख थलो बनेको छस । मजदुर आन्दोलन, सशस्त्र सर्घषमा बिदेशी मित्रहरु फणेसवर रेणुको सहभागिता र डा. कुलदिप झाको कुसाघाट मोर्चामै शहादत र चक्रवतिबन्धुहरुको बम बनाउदैको शहादत । सघर्षमा अन्तराष्टय ऐक्यबद्धताको अनुपम मिसाल । उद्योगब्यबसायको केन्द्र । राष्टको मुल धमनी । यहीँ मुक्ति सेनाले आफनो पौेरख देखाएर राणाहरुको हेकडी छोडाइदिएको फत्ते बहादुर नेपालीले पहिलो तोप र टयाङ्कंर बनाए । प्रयोगको थलो । यही बिमान स्थल नेपालकै एकमात्रै बिमान अपहरण राजनैतिक उदेस्यले भएको । सलाम …।नायक दुर्गा सुबेदी । बिचार प्रतिको प्रतिबद्धताआग्रहहिन आर्दशको लागी । हाम्रो टिममा अरु २ जना साथीहरु पनि थपिनु भयो । बन्दबाट छलिदै रङ्गेली हुलाकी बाटो हुदै पुर्ब हुइकियौ । खिम कोईरालालााई पूर्बबारे राम्रो अनुभब छ । यसभन्दा पहिले पनि म उिनंसगं यात्रा गरिसकेको छु । सुखानीका जगंल र प्रकास समशेरको हबेली अब जिल्ला प्रशासन कार्यालय बनेको छ घुमेको छु । अनुभबी ड्राइभर हुन उनि । उर्लाबारीबाट पूर्बतिर हाकिदैजादाँ जताततै तुजुगमय ठडिएका चिहान र निर्दललाई जिताउन महाँपन्च शुबथाले फडानी गरेको जगंलले बिगत र वर्तमान सोच्न बाध्य बनायो । हामी नेपाली जनलाई छिटट्ै बिर्षने रोग लागेको छ । हालसालैको राजनैतिक सरगर्मीपनि त त्यसैको उदाहरण हो । हामी चार आलीबाट उकालो लाग्योै । शब्दको अर्थ पनि ठाँउ अनुसारका । आफु त किसानपुत्र । चारआलीलाई ४ गह्राको डिल भन्या त चौेबाटो पो रहेछ । कतैत अर्थको अनर्थ लागेर दुख पनि पाइन्छ । पस्चिमको याद आयो । जुम्लामा टाउको र बैतडीमा कडी अपशब्द हुन्छन भने खाटीँ प्यूठाने चिनिँन अन्यन्त्र अपशब्द मानिने गाँ…। थेगो नै बनेको हुन्छ । हाट बजार लाग्ने दिनले ठाँउका नामहरु जुरेका छन । आईतबार देखी शनिस्चरे सम्म । एउटै जिल्लामा कति हो कति कहिल्यै खेता गह्रा खाली नहुने झापाको बुधबारे तिन तले खेती सुपारीको बोटमा मरिचको लहरा मझेरी लिप्या झै भूइँ जमिन मुनी बेसार खेती र चारबाली लाग्ने ठाँउ । साच्चैनै पोैरखी हातहरुले खेतलाई काबु पारेर रत्याएर आफुलाई सम्पन्न बनाएका छन । झापा बिदैाेहको शखंनाद भएको थलो अहिले कृषिको आधुनिककरणको नमुना । आफु इलाम लागेको बिद्युतिय चौतारीमा के टाग्याथ्ािँ तुरुन्तै बल्जियमबासी धराने कबि कृष्ण बजगाईले सुझाब दिए … इलाम र ६ अ [अदुवा, ओलान- दुधका परिकार,अमि्रसो,आलु .अलैंची र अर्थाडक्स चिया ]नछुटाउनुस भनेर । जिल्ला प्रबेस गर्नै थाल्दा हरियाली प्राकि्रतिक बगैचा झम्के साझँको पछयोरी ओडदै थियो । त्यहाँको मसिनो जानकारी राख्ने मोहन हामीलाई शब्दमा चिनाउदै थिए । फिक्कल पुग्दा त साझःँ रातमा फेरिने तरखर गरिसकेको थियो । निम्तारुलाई खबर भैसकेको हुदाँ गास र बासको चिन्ता थिएन । नागबेली सडक छिचोल्ोर फिक्कल दोबाटोमा पुग्दा नपुग्दै अघिल्ला दिननै आएका साथीहरुले फोन सम्पर्ग गरे । त्यो टिम भारतको दार्जलिग र सिक्कमबाट माने भन्ज्याग हुदै फर्केको थियो । दलमा ८०बर्षे यूवा नारायन सर्मा अद्यक्ष प्रेश काउ_िन्सल, सुरेश आर्चाय अध्यक्ष न्यूनतम पारिश्रमिक आयोग ,गोबिन्द आर्चाय उप सभापति नेपाल पत्रकार महासघ, किशोर श्रेष्ट सदस्य प्रेस काउिन्सल तथा सापताहिक जन आस्थाका सपंदक थिए । यातायात सुबिधाले झण्डै ५ घण्टामा हामी काठमाण्डौँबाट इलाम बजारमा पुग्योैँ । सन्चार सुबिधाले देश देशान्तरसगं जिवन्त सम्पर्क हुदै थियो । राजधानीको हरेक पलपलका खबरबाट अपडेट हुईदै गईयो । थाकेको सरिर बिस्तारामा थन्क्याउदै सोच्न थाँली अहो..... इलाम त इलामनै पो रहेछ ! साथहिरुसगं परिचय त पुरानै हो तर घुलमेल हुन पाएको भने थिएन । बर्षाै पुरानो परिचय भन्दापनि छोटो सहयात्राले एक अर्कालाई चिन्न र बुझन अझ मददत गर्छ र हादिर्कता बढछ । सोच्दासोचदै लुटुक्क निदाईएछ । बिहानै होटलको छतबाट नियाल्दा -क्या सुन्दर जिल्ला ! एकाबिहानेै रबिकिरणसगै डाडाकाडमा फैलिएको इलामले आफनो मौलिक परिचय दिदैं मुग्ध पार्छ । कोरीबाटी गरेका हरियाली डाडाँ आफनै बसन्तिलो बैसमा मात्तिएझै लाग्छन । जगंल हेाकी खेती छुटयाउनै सकिदैन । बाझोँ कहीँ छैन परमपरागत खेती बिरलै देख्न पाईन्छ । पस्चिमेली उराठलाग्दा डाडाँ काढाँ चाहारेको मान्छे ,अलग्गै धरतीमा आएको पो की भान हुन्छ । मन्द मन्द हावा, कोलाहाल बिहिन परिबेश । माहौल पनि बसन्तिलो तर काठमाण्डुको तातो राजनिितक माहौलका चतुर तिन खेलाडी एसै वडाका राज प्रतिनिधी । एमाले अध्यक्ष झलनाथ खनाल सबिधान सभाका अध्यक्ष सुभाष नेम्बागं र नेपाली काग्रेसका महामन्त्री के बि गरुगको घर यसै वडामा पर्दछ । कान्ला मुन्तिर बसपार्क छ । त्यहीँ पुबृे्रली चम्किलो रातो तारा शहीद रत्न बान्तवाको सालिक छ । जातिय आन्दोलनको भटिटमा आफना रोटी सेकाउने हुन या बिबर्गिय साठँगाठमा आफना आग्रह पुष्टि गर्नेलाई यो नाम र उन्को काम भिल्लका देशमा कौडी बराबर हुनसक्छ । छतले मन मानेन घुम्न निक्लिएँ । दार्जलिग भन्दापनि अनुपम सुन्दर । कास यहाँ पुर्बाधार र यथोचित प्रचार भएमा यो पर्यटकहरुको गन्तब्य थलो बन्नसक्छ । फुलेका कटटुसले बासनामात्रै हैेन त्यस बासनामा कामुकतापनि छरिराखेको छ भने काडाँका बिचमा लटरम्म ऐँसेलुले जगंलनै बगैचामा फेरेको छ । पत्रकार महासघको कार्यक्रम दिन भरी चल्यो । समग्र इलामको प्रतिनिधीत्व मात्र त्यस्ले गरेको थिएन । कोशी र मेचीका माईण्ड मेनेजरहरुको पनि त्यहाँ उपस्थीति थियो । इलाम घोषणपत्र जारी गदै समापन भयो । उपरोक्त हरफहरु सेनापति बिबादको पटाक्षप हुनु भन्दा पहिलाका हुन । अहिले राष्टिय रगंमन्चमा सबैका लिगं छुटिटए । कित्ताबन्दी भयो । कोही पर्दामा रहन सकेन पाएन । आग्रहले धारणा बनाउनेहरुको हबिगत देखियो । सम्मानित राष्टपति महोदय सबेैधानिक मर्यादामै हुनुहुन्थयो भने राजनतिक शक्तिहरुको अराजनितिक पस्चगामी र बिदेसी दबाब र प्रभाब यति ज्यादा होला भन्ने नेपाली जनले कल्पना समेत गर्न पाउने थिएनन । पहिला त्यस्तो भद्धा चरित्र देखिसकेको पनि थिएन । नागरिक सर्बाेच्चताको बिषयल यति ठुलो प्रताडित भैसक्नु परेको थिएन । । आग्रह र स्र्वाथले बिषयबस्तु हेरिन्छ बुझिन्छ र ब्यबहार गरिन्छ भने इतिहास कसरी घायल हुदोरहेछ प्रतक्ष यो लोकले बुझन पाईसकेको थिएन । तर त्यस्को पूर्बाभास भने इलाम यात्रापूर्बनै भैसकेको थियो .
यस लेखको सपादित अशं बैसाख २३को जन आश्था साप्ताहिकमा प्रकासित

पटटयारिदेा ओछयान र अन्तसकरणका कुराहरु

गत महिना झण्डै तिन हप्ता अस्पतालको ओछयानमा ढल्नु पर्यो । जीवनलाई नजिकैबाट सुमसुम्याउन पाईने यस्तो अबस्था सामान्य भन्दा फरक हुन्छनै । बिमारी भेटने नाममा अनेकौं आफन्त र आफन्त भै टोपल्नेहरु आउँछन । भिडै लाग्छ । भाबनासगं जोडिएका आफन्तहरुसाखुल्ले दरिनुपर्ने कुटिलहरु गुलामी गर्नुपर्ने चाटुकदारहरु कुटनीतिक सम्बन्ध कायम गर्नुपर्ने चतुरेहरु तोडिएका सम्बन्ध जोडनु पर्ने बिमित्रहरुलाई बहाना मिल्छ । टुटेका सम्बन्dh जेडिन्छन भने भैराखेकाहरु अझ खदिँला हुन्छन । पराई र आफन्तबिचको सिमाकंन koरिन्छ । बिरामी स्वयंपनि आबेग र भावनामय hunehudaजीवन र जगतको समिक्षा गर्ने अबसर मिल्छ । पुनरताजगी हुने यो बेला मान्छे अत्यन्तै भाबुक र मानबिय हुन्छन । अझ आर्दशबादी पनि बन्छन । कयौं बिषयको प्रायस्चति गर्छन । समय घर्केकोमा अधुराकार्य प्रति चुकचुकाउछन । कयौँले अस्पताल सैँया बाटै अन्तिम बकसपत्र र बकपत्र कोर्दछ पनि ।जीवन आशा हो । रिचार्ज गरेर फर्कन्छु वा आफन्तलाई फर्काउन सकिन्छ कि भनेर पुनरजीबनकोलागी अस्पताल गईएको हुन्छ लगिएको हुन्छ । त्यस्तै म पनि शरिर मर्मत गर्ने कारखाना पुगेको थिँए । धामी झाक्री मसान पिचास देबी देबता इस्बर र सैतानको अस्तित्वको बदला बिज्ञानमाथीको बिस्वास र बैज्ञानिक प्रतिको भरोशालेनै जसरी अरुहरु अस्पताल जादुहुन त्यस्तै म पनि त्यहाँ पुगेको थिँए । मर्मत कारखानाका मिस्त्रीको आधुनिक कोठामा पुग्दै मेरो बिस्वासमा गम्भिर ठेस लाग्यो । त्यहाँ लेखिएको रहेछ -ूउपचार हामी गर्छौ ठिक ईस्वरले पानु हुन्छ ।आफैप्रति बिस्वास नभएका मिस्त्रीहरुलाई डाक्टर म जीवन सुम्पिदै थिँए । अपरेसनकोलागी भाईले मेरो जीन्दगीको राजिनामा लेखिदियो । एउटा रोग सोचेर गएकोत परिक्षणमा अर्का पो देखियो । यो आध्यात्मिकताको करामत नभै बैज्ञानिक अनुसन्धानको उपलब्धी थियो । साच्चै नहो ……थाहा नपाउनु नहुनु हुदोँ रहेनछ ।मेरालागी त्यहाँ अनेकौ भावना पोखिए । नाममा जोडिएको हिब्रुभाषी उपनामलाई मानिसहरु पतरस अथवा कि्रष्तानहरुको सेण्ट पिटरको रुपमा त बुझने भए तर शब्दार्थ चटटानको रुपमा भने कसैले पनि लिएनन । लिदैनन् पनि । मेरो परिचय पनि मसगै। जीवनयात्रामै थियो । त्यसैलेनै अनेकोै प्रष्नको जवाफ दिनु पथ्र्याे भने मिसिनरी नामकै कारण अस्पतालका पादरी डाक्टर र स्वास्थकर्मीहरु मेरो लागी प्राथना गर्न थाले । अनौपचारिक छलफलहुदाँ उनिहरुका धार्मिक जिज्ञाशा र बिस्वासको अनेकौ तर्कपूर्ण जवाफ दिनुपरेको थियो । धर्मप्रतिको धारणा जस्तो एउटा बिज्ञान अनुयायीले राख्छ मेरो मान्यता पनि त्यस्तै हो भन्ने मेरो भनाईले उनिहरुलाई त्यति उत्साही बनाउन सकेन । पादरी र बिस्वासीहरुलाई झन ठेस लाग्यो । अन्ध आस्थामाथी बिबेकपूर्ण तर्कले बिजय पाउन सकेन भने एउटा बैज्ञानिक पनि कसरी अबैज्ञानिक भूमिकाबाट गुजि्रन्छ भन्नेकुरा आधुनिक समाजका शिक्षित ब्याक्तिहरुलाई नियालेमा जे देखिन्छ त्यस्तै त्यहाँपनि देखिन्थ्यो । हबिगत र चर्तिकलापनि नियालिराखेको थिएँ । उनिहरुको बिस्वासमा म सैतानले ग्रसित मान्छे हुदोँ हुँ । उपचारबाट निको तुल्याउनु भन्दा पनि सैतानबाट छुटकारा दिलाउनु पहिलो धार्मिक कर्तब्य सोच्दथे उनिहरु । जसरी हरेक आधयात्मबादीहरु मानबिय अध्ययनको उपलब्धी र कमजेारी प्राकि्रतिक अनिवार्यताको गुण र दोषको जस्र र अपजस्हरु अदृष्यशक्तिलाईनै दिएर उम्कने गर्छन त्यहाँपनि त्यस्तै भैराखेको लाग्थ्यो । असहाय भएको बेला साहारा खोज्नु र अझ त्यस्तोबेला परभौतिक शक्तिप्रति आशक्ति र भरोशा सामन्यजनलाई जाग्छनै । त्यस्तो बेला भाबनात्मक माया र सेवादिने मान्छेप्रति झन सम्मान बढनु र उनिहरुकै अनुकरण गर्नु स्वभाबिकै हुन्न्छ । यही मानबिय कमजोरीको पाटोलाई समातेर धर्मान्तरण प्रकि्रया दुनियामा चलेको पाईन्छ । धर्मान्तरण कालान्तरमा साष्क्रितिक अतिक्रमणमा फेरिन्छ । लोभ लालच अप्ठेरोमा सहयोग र सुबिधाको चाहाना त्यस्का कारक बनेका हुन्छन । अर्कातर्फ बैज्ञानिकहरु पनि आफना योग्यतामा बिस्वास र भर पर्नु भन्दापनि मनोबैज्ञानिक त्रासबाट गुजि्रराखेकाहुदाँ अबैज्ञानिक आचरणमा देखिन्छन । त्यसैले बिज्ञानका आबिस्कारहरु स्वंय बिज्ञान बिरोधी भूमिकामा प्रयोग भैराखेको समेत देखिन्छ । आधुनिता र आध्यात्मिकताको घालमेल हुदाँ ठिमाहा सोच र भूमिका जसरी उन्नत देशहरुमा देखा पर्दैछ त्यस्तै हामीहरु कहाँ पनि अछुतो छैन । आद्यात्मिकता आधुनिक समाजमा बजारसष्क्रितिको क्रुर प्रतिस्प्रधाले जन्माएको निराशा र सामाजिक त्रासबाट उन्मुक्तिको साधन बनेको छ । त्यसैलेपनि अहिले कयौं बैज्ञानिकहरु अबैज्ञानिक भूमिकाबाट गुजि्रराखेका छन । निष्क्रिय जीन्दगीको पटयारलाग्दो अबस्था हो बिछयाउना बास । मैलेपनि त्यहाँ अनेकैाे प्रष्न र जिज्ञाशाको सामना गर्नु पर्यो र ति तपशिलका हरफमा अन्तसकरणका आवाज बने । नामले त इसाई जस्तो लाग्छौं!……।नाम त भिडबाट अलग्याउने साबोंधन बाहेक के नै होर ! मर्म र ओजन अथवा सन्देश केहि हदैनन्र ? हुन सक्छन । अभिभाबकहरुका आशाभरोशा र बिस्वास जोडिएका हुन्छन । जुनबेला नाम दिईएको हुन्छ नामधारी अबोध बालकले न त त्यसको अर्थ लगाउन सक्छ नत स्ाबेंदनानैे बझ्न । सबै नामले दिने मर्मभाव ओजनअपेक्षा र सन्देश के कहिँ र कतै पुरा भएका छन र् ! हरेक नामले समय गुजार्दै जुादा मात्र एउटा चरित्र निर्माण गरिराखेको हुन्छ र त्यो कालान्तरमा प्रतिक बन्न पनि सक्छ ।जन्म nee!…… हरेक प्राणी झैं योजनामै पैदायिस भएको हैन मेरो । पुत्र प्राप्ति कारण आमाले सुैता पाउन परेन । औताली परेन छ बंशंमा । पित्रीहरुले ूबैतरणी तर्नेैू पाएछन । प्रथम प्रहर धरतीमा आखाँ खोल्दा मौन भए पछि परिबेश आत्तिएछ । तव मलाई चिमोटेर चिच्याउन बाद्य पारियो अरे । जव म चिच्युई -रोईँ तब सबै हाँसेछन अरे । प्रसब बेदनाले छटपटाएकि जननि पनि खुसी हुनुभएछ । । जन्मिदा जिँउदा शहीद श्रि पेच मुनि प्रजातन्त्रको अभ्यास गर्दै रहेछन र कम्युनिष्टहरु पनि राजतन्त्रका छाहारीमा वर्ग सघर्ष गर्दै रहेछन । न्वारन िन! अस्वीकृत गरिदिएँ मैले । आप्ाुनै खाले जीवन रमाईलो लाग्यो मलाई । तर यस्को arth जन्मदातालाई आदर गर्दिन भन्ने चाहिँ हैन है । जस्ले जीवन र जगतलाई हेने्र बुjhne र अनुभूत गर्नै अवस्थामा पुरयाउनु भयो- कसरि अनादर गर्न सक्छु र वहाँहरुलाई । उत्तराधिकारी र नाताबारे… आर्थिक हकवाला जो पनि हन सक्छन उपलब्धिका दाबि पनि गर्न सक्छन । जहाँसम्म संवेदना बिचार र साँकृतिक उत्तराधिकारीको प्रश्न हन्छ त्यो कसैको कसैले पनि दावि गर्न सक्दैन र हुनै सक्दैन । अझ सभ्यता बिकासक्रममा त्यसै ओजन र मर्म नत कसैाले थेग्न सकेकाछन र हुन्छन नत दाबी न्ौ गर्नु सक्दछन पेसागत उत्तराकिारी हुन सक्लान । राजाको छोरो राजा र जिम्वालको छोरो जिम्वाल । तर मानबिय मर्मका कोहीपनि उत्तराधिकारी हुदैनन । धर्मबारे नि…… समाज बिकासको तत्कालिन परिवेशमा भावनात्मक एकताको सुत्र । मनेाआतङ्क मुक्तिको शिर्षक । प्राकृतिक बिपदासग ंजुझने ईच्छाशक्ति । जबसम्म आधुनिक राज्यको ब्यबस्थित सचांलन भैसकेको थिएन तब सम्म सामाजिक कानुनको हैसियत । अब भने जिज्ञाशाको अन्त र अन्धबिश्वासको सरुवात मानबिय पोरखको अबमुल्यन अथवा अनभिज्ञता । साथै तर्कको अन्त्यस्टी पनि । आर्दश…बहुजन हिताय-बहुजन सुखाय । सपना देख्ने गरेका छौ के सपना नदेख्ने मनुवा पनि हन सक्छ र ! जहाँ सपना सकिन्छन त्यहाँ जीवन पनि रित्तन्छ र सकिन्छ । ग्ाति अबरोध हुन्छ । चाहाना मर्दछन बिकास प्रकृया रोकिन्छ । बाच्नको नत कनै अर्थ रहन्छ न त तात्पर्य न्ौ । चेत बिहिन शरिर त लास होनि ! अध्ययन बारे ……जान्नु bujhnu अनुभूति गर्नु । ज्ञानको सुक्ष्म चक्ष्यु उघार्दै अरुका पनि अनुभूति चाख्ने अवसर । लेख्नुको अर्थ… शब्दको सार्बbhauम मर्म अभिनन्दन गरेर मन-मस्तिक निचोर्दै ईतिहासको कटघरामा उभिएर कलम समात्दै वकपत्र दिनु । बिज्ञानका भाषामा युगिन हुदै प्रकृतिसगं धित मारेर बात मार्नु । औपचारिकतामा कैद नभै ह्दियलाई छताछल्ल पारेर समकालिन समाजको अग्रगामी सोचहरु भावी सन्तानलाई हस्तान्तरण गर्नु । कनेर नबोलेका कुराहरु कुथेर नलेख्नु । बिुध्ध र ज्ञान…॥सापटि चातुर्य र यूगिन दायित्वबोध ।सुख र dukha......सोच्दछ दिमागले भोग्छ सरिरले । श्रृजना.....manab मस्तिकको चर्तिकला । सनातन र बिद्रोही बिलासी जिन्दगी र आर्दशको जिज्ञाशा-त्यस्को मुल्य भुक्तानि । खतरा…।सामना गर्न नसक्नेका लागी अन्त्यष्टीजीवन…। कोरा कागज । सौ्रन्र्दय सम्म्रिश्रणको अनुपम सगांलो । जिज्ञाशा र जिम्मेवारीको अनौठो संयांेग । मृत्र्यू…… समय समिक्षा
madhupark

Saturday, January 2, 2010

नयाँसाल र नयाँसोच ग्ा्रेगरी क्यालेण्डरको पाना पल्टिदै ईस्वीसन २०१० को नयाँबर्ष सुरुवात भैसक्यो । तर अहिले कतिपयलाई नयाँसोच र अभियानभने काउसोको माला बनेर त्यसलाई गर्दनबाट कतिछिटो निकालेर फार्लौँझै भएको छ । बितेको बर्ष दुनियामा अनेकौं कीर्तिमान ठडिए देशैभित्र अनेकौ हलचल भयो ।सनातनमा रमाउनेहरुलाईभने त्यसले छोएन । कानमा तेल हालेर सुतेकाहरु नत ब्यूँझे नत खस्रो छालामा काउकुतिनै लाग्यो । जहाँपनि आदेशमा वा पहिल्यै तयगरेर कुनैपनि युगान्तकारी घटनाहरु घटने गर्दैनन । तर पात्रोमा भने समयको कोशेढुगां त्यस्ले खडा गर्दैजान्छ । नयुदिन आउँछन नवीन घटना घटछन तर पुरानै सोचमा रम्न चाहाने र अस्तित्व धानिनेहरु भने नयाँ बन्न कहिल्यै चाहाँदैनन । ससांरभरिकै क्यालेण्डरको सुरुवात यस्तै तरिकाले हुनेगरेको छ । यथास्थिति र अन्यायको बिरोधगर्दा ईसामसिह सहिद भए त्यसैलाई इसाईहरुले इस्वीसबंतको सुरुवात माने । अहिले यो सम्राज्यबादको सास्क्रितिक धारिलो हतियारबन्दै लोभ लालचमा फसाएर धर्मान्तरण गराउने र भातेकि्रस्चियन तयार गरेर आफना जनराजदुत बनाउने खेल बन्यो । ससांरमै यस्तो अभियानै चल्ोकोछ । तर त्यहीँ रोमन अत्याचारको बिरुद्ध युद्धको शखंघोष गरेर अभिजात बर्गलाई हाकाहाकी चुनोैति दिदै कपुवाका सडकमा दुबैतिर ईसाझै टािगंएका ग्लाडिएटरहरुभने अभिजातबर्गलाई सपनीमा देखिने आतकं त बन्यो तर स्पार्टाकस्लाई अर्काे कोशेढुगामान्न उनिहरु कहिल्यै तयार भएनन । त्यस्को शौन्र्दयताभर्ने स्पार्टाकस् सन्तती शूलीमा टािगंँईसकेका थिए । गौरबगाथा लेख्नुपर्ने अनुयायीहरु उत्पिडित थिए । दास बनाईएका थिए । किसान र मजदुर थिए । भास्यकारहरुभने रोमन थिए अभिजात बर्गका । मालिक वशंका थिए । तब त्यो कहानीमात्र बन्यो । इतिहासमा लुकाउन नसक्ने बिषय बने पनि सबंद भने बन्न पाएन । महमदको मृत्यु हिजरीको पहिलो क्यालेण्डर बन्यो । युरोपको आधुनिकता नेपोलियन पूर्ब र पछिको -प्रीइरा र पोष्ट ईरामा बाँडियो । हरेक देश जाती र सस्क्रितिले आ-आफनै पात्रो बनाउदै गए । बुद्धपूर्णिमा र गुरुपूर्णिमा बन्दै गए । कति व्यबहारिक भए कतिपय भाबनाले थेग्दै रहयो । हाम्रै मुलुकमा हरेकजसो महिना एउटा न् एउटाजसो नयाँबर्षको सुरुबात हुन्छ । नेपाल सवंत बिक्रमी साके हिजरी इस्वी गुरुपूर्णिमा अनेकौं लोहसार माघी र प्रकृतिक पुजकहरुका न्वागीहरु । त्यो आ-आफनै तरिकाले मनाईन्छ । धानिन्छ । यस्का पछाडि ऐतिहासिक र सास्क्रितिक कारणहरु जोडिएका हुन्छन । तर अन्धभक्तहरुले हरेक सवंतलाई धार्मिक कर्मकाण्डी तिथिमितिमात्रै बनुउदै लगेका हुन्छन । अनुयायीले त्यस्लाई निरन्तरता दिएका र धानेका हुन्छन । अझ अहिले त्यही गे्रगरी इस्वीसबंतको नयाँ पात्रोलाई सभ्य र आधुनिकमा दरिनेँहरु न्यु इयर डे मनाउन ससांरैभरिको उपभोक्तबाद तँछाड मछाड गरिरहेकाछन । ठमेलसस्क्रिति त्यही उपभोक्तबादको नेपालीहकवाला हो र त्यस्लाई छरिरहेको छ । इतिहाँसको थालनी कहिल्यै पनि पात्रोमा पहिल्यै तय भएको सिमित पारिएको र उदघोष गरिएको बिषय हँुदैन । परिस्थिति पाकिसकेको हुन्छ । त्यस्लाई सुक्ष्म आखाँले मिहीन पाराले ठम्याउछन र बाणी दिन्छन । त्यो कहिल्यै सवंत बन्छ भने कहिले ऐतिहासिक नजिरमात्र । सामाजिक अबस्था र गति त्यसभित्रको अन्तरबिरोधको आँकंलन पहिचान र भूमिका खेलेर मात्र परिस्थितिलाई अनुकुल बनाउनेहरु हरेक काल खण्डमा जोखिम उठाउने गर्छन । कति सफल हुन्छन घटना नजिर बनेर आउँदो समयमा प्रेरकशक्ति पनि बन्दछ भने कतिपय बिस्मृतिका गर्भैमा त्यसै रहेका हुन्छन् । हरेक सत्ताले गतिशीलततालाई बुझन सकेको हुदैन । बुद्धलाई बौलाहा भनिँदा इसालाई सुली चढाँईदा प्लेटोलाई दासमण्डीमा बेचिँदा हरेक कालका क्रान्तिकारीहरुका सपनामाथी प्रहारगर्दै सत्ता शिकार बनाउँछ । सत्ता कहिल्यैपनि यथास्थितिलाई खज्बज्याउन चाहाँदैन भने सरकारी बिदुषकहरु ज्हिलेपनि अग्रगमनको उछित्तो खनिरहेका हुन्छन । अन्यायको विरुद्ध दया र क्षमाका प्रतिक इसा अहिले स्वयं अन्यायीका लागी हतियार बन्ोकाछन । भौतिकबादका अभियन्ता र मुर्तिपुजाका बिरोधी गौतम बुद्धका नै ससांरमै सबभन्दा धेरै मूर्ती छन । तत्कालिन अरबी प्रगतिशील हजरत मोहमद र इस्लाम अहिले कट्रताबादको चक्रब्यूहबाट मुक्त हुनसकेको छैन । दुयिामानै भएझै इतिहास र समकालिन आधुनिक नेपालको भाग्य र भबिस्य तयगर्ने केही महत्वपुर्ण तिथिमितिहरु छन । ती कहिल्यैपनि क्यालेण्डरमा कैदभएर अभियान चालू भएनन । बरु घटना र त्यस्ले निकालेको परिणामले नयाँ पात्रा ेभने बनाउदै गयो । राजज्वतिषले भविष्यबाणी गरेका थिएनन् नत कोही विदूषकहरुले विस्लेषणनै गरेका थिए । जब त्यस्लाई अभियन्ताहरुले थालनी गरे कतिले त्यस्लाई ठट्ाको बिषय बनाए भने त्यस्को दुरगामी महत्व पछयाउनु भन्दापनि कसरी भाडँन सकिन्छ भन्ने उपाए खोज्न थाले । तर गतिशील समयले त्यस्लाई कहिल्यै वास्ता गरेन अगाडिबढदै गयो । अरुले के भन्ला भनेर धारणा बनाउने र भूमिका निभाउने भनेको मध्यम वर्गिय सोच हो । सामान्य अबस्थामा यो शक्तिको पुजारी हुन्छ भने परिवर्तनको बेगमा अग्रगामि भएर देखिन्छ । नाफामा भूमिका तयगर्ने भएको हुदु सधैँ सुबिधा र नाफाको सोच राख्दछ र सधैं द्धुबिधामा रहन्छ । इतिहासले कोसेढुगां यसैगरी खडा गर्दै बढ्यो । बढदै गयो । इतिहासमा क्यालेण्डरहरु यस्तैगरि बने र चले । हरेक ठाँउ र अबस्थामा नकरात्मक इतिहासको शाक्षी तत्कालिन मिडिया हुनेगर्छ । दैनिक टिपोटमा रहेको समयको मुल्याकंन आकंलन कस्ले कसरी गरेको रहेछ भन्ने बिषय लिखत वा जनश्रुतिमा रहेका वा दरिएका हुन्छन । नेपालकै पछिल्लो कालको दस्ताबेज हरेकका भूमिकाले अहिलेको पृष्टभूमि बताईरहेको छ । आपुूलाई गतिशील बनाउनै पनि पुराना पाता पल्टाउनैपर्ने हुन्छ । हरेक घठनालाई कार्य कारण र परिणाम जोडेर हेरेमात्रै वास्तविकताको जानकारी भए धारणा बनाउदै भूमिका किटान गर्न सकिन्छ । हरेक अग्रगमनसगं इतिहासबोध हुन आबस्यक र अनिवार्य पनि हुन्छ । त्यस्मा आजका पात्र र प्रबृतिसमेत छर्लिगंन्छन । आधुनिक नेपालको सपनाको मार्गचित्र नेपाली काग्रेसको बर्गिनिया सबेंलनको २००७साल आस्विन १० र ११ घोषणाले गरेको थियॊ । कार्तिक २६ र २७को मध्यराती अर्थात ११ नोभेबंरको जिरो आवरमा सुरुभएको सशस्त्र आन्दोलनलॆ जे-जस्तो परिणाम निकाल्यो त्यो फागुन ७ गतेमात्र सतहमा देखापर् यो । आ-आफनै तरिकाले मानिस सहभागी भए । भूमिका निभाए । ब्याख्या बिस्लेषण गरे । अर्काे महत्वपुर्ण तिथिमििित बन्यो । महेन्द्रशाही ब्यबस्थाविरुद्धको अलगै प्रकारको आन्दोलन बिपि कोईरालाको २०३३ पौष १६ राष्ट्रिय मेलमिलाप । ३२वर्ष पहिलाको त्यो निर्णय तत्कालिन अवस्थामा त्यस्का पक्ष र बिपक्षमा जे-जस्ता तर्क आए पनि शीतयुद्धकालको विष्व राजनीति दक्षिण एसियाको अवस्था र राष्ट्रियताको संबेदनशीलता थियो । अडिटवादको त्यसबेला ठुलो हल्ला मच्चाईयो । तर अहिले इण्डोनेसियाको नरसहांर सुहार्ताेको फासीबादी अभ्यासले अडिटबाद स्वयं हौवा थियो र राष्ट्रिय सबेंलनशीलतानै तत्कालिन प्रमुख बिषय थियो भन्नेकुरा प्रस्टयायो । आजको सन्दर्भमा अझ राष्ट्रबादी शक्तिहरुको मेलमिलाप किन आबस्यक छ र विभिन्न आबरणमा विभिन्न दलमा रहेका भरौटेहरुले किन र कसरी अबरोध गर्छन भन्ने कुरा तीसको दशकलाई मिहिनपाराले नियाल्नुपर्ने हुन्छ । नेपाली समाजको अग्रदिशाको अर्काे मूल अभियान भनेको माओबादी जनयुद्ध हो ।०५२साल फागुन १ गतेबाट सुरुभए पनि सुरुवातगर्ने त्यस्को निर्णय भने कार्तिकको माओवादीको गोरखा बैठकले गरेको थियो । १० बर्ष ९महिना ५दिन चलेको यो बिद्रोहात्मक अबस्थाले नयाँ रुप अबस्था ल्यााउन ८ मसिर २०६२को १२बुदे सहमतिनै हो । यस्को परिणाम वसन्तको गर्जन बनेर देखियो- सघांत्मक धर्म निरपेक्ष लोकतान्त्रिक गणतन्त्र नेपाल बनेर । हामी कार्य र परिणामको व्याख्या बिश्लेषण त गर्न चाहान्छौ तर कारण भने खोज्न थाल्दैनौ । अझ उपभोक्ताबादको दबाबमा रहेको मिडिया कुनै पनि घटनाको सूचना दिदाँ किन र कसरी भन्ने कुरा न्युज मिनिफयाक्चरिगंमा महत्व राख्दैन । क्यालेण्डरका थालनी यसबाट घाइते भएको छ भने तत्कालिन अबस्थाको नागांे वास्तबिकताबाट जिज्ञासुहरु जानकारी बिहिन भएका छन । लिखित इतिहास भन्छ- अग्रगमन र यथास्थितिबीच जहिलेपनि जहाँसुकै टकराहट हुन्ोगर्छ भने विभीषण लेण्डुप दोर्जे चलाबी र कर्जाईका प्रतिनीधिहरु हरेक देश र समयमा जहाँतहिँ हुनेगर्छन । यथास्थितिमै रमाउने शक्ति र देखिने कटबालेहरु जहिले पनि सनातनी सोच कुर्लिरहन्छन । सत्ताका दानापानीमा हुर्केका र अग्रगमनले परिचय धरापमा पारेकाहरु सधैँ बरबराई रहन्छन । क्यालेण्डरका पाना पल्टिदा पनि सोचलाई भने अर्जाप्न उनिहरु कहिल्यै चाहाँदैनन । आबेग र उत्तेजना भर्दै बतासे फुलका ओथारो बस्दै तर्क कोरलेर क्यालेण्डरलाई पुरानै पानामा सीमितपार्न खोज्नेहरुको सोचलाई नयाँ सालले केही असर पार्दैन । मानव सभ्यताले पाएको उपहार सजाउन नसक्ने अभिजातहरु प्ात्रोको मर्म र सवेंदनशीलताको चुरोमार्न चाहान्छन भने त्यही मर्म पछयाउनु अग्रगमन इतिहासबोध र प्रगतिशील शिक्षा हो । अग्रगमनको धारिलो हतियारपनि ।
annapurnapost 18 pqush 2066

मनोयुद्धको चक्रव्यूहमा माओवादी

माओवादी जनयुद्धले अहिले भीषण मनोयुद्धको सामना गर्नुपरिरहेको छ। त्यो चक्रव्यूहका अदृष्यपर्खाल भत्काउँदै किल्ला भेदन गर्ने अभियानमा ऊ अहिले जुटेको छ। उसलाई थर्काउने, गलाउने, निराशामा भुलाउने, विलासितामा फसाउने, एक्ल्याउने फुटाउने, प्राप्त उपलब्धीलाई ध्वस्त पारिदिने र निचोडमा विगतको जनयुद्ध अनावश्यक, निरर्थक र उपलब्धीहीन हो, भन्ने मनोदशा तयार पार्दै सोही प्रमाणित गर्ने अनेकौँ रूप र रङका खेलहरूको अहिले चरमअवस्था पुगको छ। जनयुद्धले घायल भएका, अस्तित्व धरापमा परेका, औकात गुमाएकाहरू अनेकौँ परिचयमा सतहमा देखापर्दैछन्। विचारहीन, मूल्यहीन कलाबाजहरूसँग भिँड्दा विचार र प्रतिबद्धतालाई त ख्याल गर्ने, तर कसरी त्यसलाई प्रयोग गर्ने भन्ने अनुभव र आवश्यकता महसुस नगर्दा कतिपय अवस्थामा स्वयं माओवादी कलाविहीन अभियानको चक्रव्यूहमा आफैँ फसेको पनि छ। कूटनीतिक आन्दोलन सञ्चालन गर्न भएका कमी–कमजोरी सतहमा देखिएका छन्। गह्रौं भएर शुरूवात गर्ने र हलुका भएर निक्लने उसका सीमा र समस्याहरू अहिले उसैका लागि प्रत्युत्पादक बन्दै गएको छ। थकाउँला, गलाउँला र योजनामा डोर्‍याउँला भन्ने रोडम्याप फेल भएपछि अहिले माओवादीविरोधी राष्ट्रिय अन्तर्राष्ट्रिय शक्ति र शक्तिकेन्द्रहरू एक भएका हुन्। त्यही रसायन अहिले गठबन्धन भएर देखिएको छ। पर्दामा रहेका विषयहरू छर्लङ्ग देखिदै संविधानसभाको कार्यकाल सकिनै थालेपछि शासकीय पार्टीहरूको मनोकामना बुझेर माओवादीले आङ्खना आन्दोलनका रूप र शैली बदल्यो। राष्ट्रपतिको बढेको महत्वकांक्षा उनका कानुनी सल्लाहकारले राष्ट्रिपतीय शासनको उद्घोष गरिसकेका छन्। संसदमा माओवादी विशाल उपस्थिति यथास्थितिवादी तप्कालाई हजम हुन सकेको थिएन। लामो समयदेखि पर्दाभित्र रहेका, चाल पाएका तर भन्न हिच्किचाइरहेका विषयहरू अहिले छताछुल्लमात्र भएका हुन्। भारतीय सेनापति कपुरले नेपाली सेनापतिलाई आदेश दिएर पर्दापछाडिको सक्रियतालाई अब खुल्ला गरेपनि अझै यहाँको र त्यहाँको सरकार अझै मौन छ। सत्ता आशीर्वादका लागि राष्ट्रिय संवेदनशीलता, नेपाल सरकारको मौनता, उसको गठन र स्थायीत्वले अर्थ राख्छ। चिम्सा आँखा चम्काउँदै देश फर्केका सेनापतिले सरकारलाई दबाबमात्रै सिर्जना गरेका छैनन्, भद्रकालीको निर्णयमा सिंहदरबार हाँकिएको छ। बबुरा प्रधानमन्त्रीको हबिगतले उनको औकातमात्रै देखाउँदैन सत्ताको वास्तविक रिमोट कहाँ छ भन्ने पनि प्रष्ट्याउँछ। आङ्खनै भनाइ र निर्देशनमा प्रधानमन्त्री टिक्न नसकेर निरीह बन्नु र सेनाका हरेक गतिविधिलाई अक्षरशः पालना गर्ने बाध्यताले फेरि नागरिक सर्वोच्चताको विषय माओवादीको मात्रै अहं विषय हैन भन्नेकुरा जगजाहेर गरायो। शीतल निवास र भद्रकालीमा आएको सक्रियता र दागी सैन्य अफिसरको बढुवा त्यो माओवादीलाई उत्तेजनामा ल्याउने मनोयुद्ध त थियो नै, अन्तर्राष्ट्रिय जगतलाई चिढ्याउने कामपनि। ज्ानयुद्धको प्रभावशाली हतियारमध्येमा गतिशील यर्थाथलाई चिन्नु र त्यसभित्रका अन्तर्विरोधलाई परिचालन गरेर आफूविरुद्धको शक्तिलाई एकगठ हुन नदिनु थियो। अहिले त्यो अनुकूलता माओवादीलाई भएन। ऊविरुद्धको रसायनले विपक्षहरूलाई गठबन्धनमा जोड्यो। तर, गठबन्धनका आपङ्खनैखाले सीमा र समस्या हुन्छन्। त्यो भनेको एकातर्फ स्वार्थ र अर्कातर्फ प्रतिक्रिया। प्रतिक्रिया र स्वार्थ नै चालकशक्ति भएकाले त्यो अत्यन्तै कमजोर बन्धनमा टिकिरहेको हुन्छ। त्यही कमजोरकडीमा आक्रमण गर्न अहिले माओवादीचुक्ता शान्ति र संविधान धरापमा परेको हो। अहिले यही विषयलाई बहसहीन बनाउने मनोयुद्धको सामना गर्नुपरिराखेको छ, माओवादीले।जहाँसम्म राष्ट्रियताको सवाल छ,लामो दिनदेखि चहर्‍याइरहेको घाउमा अहिले सईन पल्टेकोमात्र हो। अंग्रेज भारतबाट सातसमुन्द्रपारी धपाइए तापनि भारतीय शासकवर्गको मनस्थिति भने अझै उपनिवेशकालीन छ। हरेक स्वतन्त्र राष्ट्रले अर्काको सार्वभौमिकताप्रति त्यत्तिकै आदर गरेर मात्र आफू त्यस्को हकवाला हुनसक्छन्। तर, त्यो भारतका छिमेकीहरूले भने कहिल्यै त्यस्तो अनुभूति गर्न पाएनन्। त्यसको मूलकारण त देशको सत्तामा पुग्न उसकै आशीर्वाद रहन गयो। त्यहाँको र यहाँको स्वतन्त्र संग्राममा दुबै देशका नागरिकहरूले सक्रिय भाग लिएका थिए। दुबै देशका मोर्चामा दुबै देशका नागरिकले सहादत प्राप्त पनि गरे। एकअर्का देश दुबै देशका क्रान्तिकारीहरूको आश्रयथलो समेत बन्यो। अंग्रेजका पालामा नाना राव, दुन्दु पन्त र गदरदेखि शुरू भएको यो चलन जयप्रकाश नारायण हुन् या भारतमा लगाइएको आपतकालका बेला कपुरी ठाकुर हुन्, उनीहरूले नेपालमा आश्रय लिएका थिए भने नेपाली क्रान्तिकारीहरू कांग्रेस र कम्युनिष्टको आश्रयस्थल भारत रहने गरेको थियो। हरेक मुलुकमा जनता — 'जनताबीचको सुमधुर सम्बन्ध र शासकहरूबीचको सम्बन्ध फरक हुनेगर्छ।' अहिले पनि भारतको हेपाहानीति र शान्तिसम्झौताविरोधी गतिविधिमा साउथब्लकको सक्रियतालाई विरोध गर्ने त्यहाँ ठूलो जमात रहेको छ, भने यहाँको विभीषणशैलीको विरोध गर्न र नेपालमा चलाइएको मनोयुद्धको विपक्षमा रहेको बौद्धिकतप्का पनि छ।
http://yosataa.com/index.php?link=news-detail&id=720