Saturday, January 2, 2010

मनोयुद्धको चक्रव्यूहमा माओवादी

माओवादी जनयुद्धले अहिले भीषण मनोयुद्धको सामना गर्नुपरिरहेको छ। त्यो चक्रव्यूहका अदृष्यपर्खाल भत्काउँदै किल्ला भेदन गर्ने अभियानमा ऊ अहिले जुटेको छ। उसलाई थर्काउने, गलाउने, निराशामा भुलाउने, विलासितामा फसाउने, एक्ल्याउने फुटाउने, प्राप्त उपलब्धीलाई ध्वस्त पारिदिने र निचोडमा विगतको जनयुद्ध अनावश्यक, निरर्थक र उपलब्धीहीन हो, भन्ने मनोदशा तयार पार्दै सोही प्रमाणित गर्ने अनेकौँ रूप र रङका खेलहरूको अहिले चरमअवस्था पुगको छ। जनयुद्धले घायल भएका, अस्तित्व धरापमा परेका, औकात गुमाएकाहरू अनेकौँ परिचयमा सतहमा देखापर्दैछन्। विचारहीन, मूल्यहीन कलाबाजहरूसँग भिँड्दा विचार र प्रतिबद्धतालाई त ख्याल गर्ने, तर कसरी त्यसलाई प्रयोग गर्ने भन्ने अनुभव र आवश्यकता महसुस नगर्दा कतिपय अवस्थामा स्वयं माओवादी कलाविहीन अभियानको चक्रव्यूहमा आफैँ फसेको पनि छ। कूटनीतिक आन्दोलन सञ्चालन गर्न भएका कमी–कमजोरी सतहमा देखिएका छन्। गह्रौं भएर शुरूवात गर्ने र हलुका भएर निक्लने उसका सीमा र समस्याहरू अहिले उसैका लागि प्रत्युत्पादक बन्दै गएको छ। थकाउँला, गलाउँला र योजनामा डोर्‍याउँला भन्ने रोडम्याप फेल भएपछि अहिले माओवादीविरोधी राष्ट्रिय अन्तर्राष्ट्रिय शक्ति र शक्तिकेन्द्रहरू एक भएका हुन्। त्यही रसायन अहिले गठबन्धन भएर देखिएको छ। पर्दामा रहेका विषयहरू छर्लङ्ग देखिदै संविधानसभाको कार्यकाल सकिनै थालेपछि शासकीय पार्टीहरूको मनोकामना बुझेर माओवादीले आङ्खना आन्दोलनका रूप र शैली बदल्यो। राष्ट्रपतिको बढेको महत्वकांक्षा उनका कानुनी सल्लाहकारले राष्ट्रिपतीय शासनको उद्घोष गरिसकेका छन्। संसदमा माओवादी विशाल उपस्थिति यथास्थितिवादी तप्कालाई हजम हुन सकेको थिएन। लामो समयदेखि पर्दाभित्र रहेका, चाल पाएका तर भन्न हिच्किचाइरहेका विषयहरू अहिले छताछुल्लमात्र भएका हुन्। भारतीय सेनापति कपुरले नेपाली सेनापतिलाई आदेश दिएर पर्दापछाडिको सक्रियतालाई अब खुल्ला गरेपनि अझै यहाँको र त्यहाँको सरकार अझै मौन छ। सत्ता आशीर्वादका लागि राष्ट्रिय संवेदनशीलता, नेपाल सरकारको मौनता, उसको गठन र स्थायीत्वले अर्थ राख्छ। चिम्सा आँखा चम्काउँदै देश फर्केका सेनापतिले सरकारलाई दबाबमात्रै सिर्जना गरेका छैनन्, भद्रकालीको निर्णयमा सिंहदरबार हाँकिएको छ। बबुरा प्रधानमन्त्रीको हबिगतले उनको औकातमात्रै देखाउँदैन सत्ताको वास्तविक रिमोट कहाँ छ भन्ने पनि प्रष्ट्याउँछ। आङ्खनै भनाइ र निर्देशनमा प्रधानमन्त्री टिक्न नसकेर निरीह बन्नु र सेनाका हरेक गतिविधिलाई अक्षरशः पालना गर्ने बाध्यताले फेरि नागरिक सर्वोच्चताको विषय माओवादीको मात्रै अहं विषय हैन भन्नेकुरा जगजाहेर गरायो। शीतल निवास र भद्रकालीमा आएको सक्रियता र दागी सैन्य अफिसरको बढुवा त्यो माओवादीलाई उत्तेजनामा ल्याउने मनोयुद्ध त थियो नै, अन्तर्राष्ट्रिय जगतलाई चिढ्याउने कामपनि। ज्ानयुद्धको प्रभावशाली हतियारमध्येमा गतिशील यर्थाथलाई चिन्नु र त्यसभित्रका अन्तर्विरोधलाई परिचालन गरेर आफूविरुद्धको शक्तिलाई एकगठ हुन नदिनु थियो। अहिले त्यो अनुकूलता माओवादीलाई भएन। ऊविरुद्धको रसायनले विपक्षहरूलाई गठबन्धनमा जोड्यो। तर, गठबन्धनका आपङ्खनैखाले सीमा र समस्या हुन्छन्। त्यो भनेको एकातर्फ स्वार्थ र अर्कातर्फ प्रतिक्रिया। प्रतिक्रिया र स्वार्थ नै चालकशक्ति भएकाले त्यो अत्यन्तै कमजोर बन्धनमा टिकिरहेको हुन्छ। त्यही कमजोरकडीमा आक्रमण गर्न अहिले माओवादीचुक्ता शान्ति र संविधान धरापमा परेको हो। अहिले यही विषयलाई बहसहीन बनाउने मनोयुद्धको सामना गर्नुपरिराखेको छ, माओवादीले।जहाँसम्म राष्ट्रियताको सवाल छ,लामो दिनदेखि चहर्‍याइरहेको घाउमा अहिले सईन पल्टेकोमात्र हो। अंग्रेज भारतबाट सातसमुन्द्रपारी धपाइए तापनि भारतीय शासकवर्गको मनस्थिति भने अझै उपनिवेशकालीन छ। हरेक स्वतन्त्र राष्ट्रले अर्काको सार्वभौमिकताप्रति त्यत्तिकै आदर गरेर मात्र आफू त्यस्को हकवाला हुनसक्छन्। तर, त्यो भारतका छिमेकीहरूले भने कहिल्यै त्यस्तो अनुभूति गर्न पाएनन्। त्यसको मूलकारण त देशको सत्तामा पुग्न उसकै आशीर्वाद रहन गयो। त्यहाँको र यहाँको स्वतन्त्र संग्राममा दुबै देशका नागरिकहरूले सक्रिय भाग लिएका थिए। दुबै देशका मोर्चामा दुबै देशका नागरिकले सहादत प्राप्त पनि गरे। एकअर्का देश दुबै देशका क्रान्तिकारीहरूको आश्रयथलो समेत बन्यो। अंग्रेजका पालामा नाना राव, दुन्दु पन्त र गदरदेखि शुरू भएको यो चलन जयप्रकाश नारायण हुन् या भारतमा लगाइएको आपतकालका बेला कपुरी ठाकुर हुन्, उनीहरूले नेपालमा आश्रय लिएका थिए भने नेपाली क्रान्तिकारीहरू कांग्रेस र कम्युनिष्टको आश्रयस्थल भारत रहने गरेको थियो। हरेक मुलुकमा जनता — 'जनताबीचको सुमधुर सम्बन्ध र शासकहरूबीचको सम्बन्ध फरक हुनेगर्छ।' अहिले पनि भारतको हेपाहानीति र शान्तिसम्झौताविरोधी गतिविधिमा साउथब्लकको सक्रियतालाई विरोध गर्ने त्यहाँ ठूलो जमात रहेको छ, भने यहाँको विभीषणशैलीको विरोध गर्न र नेपालमा चलाइएको मनोयुद्धको विपक्षमा रहेको बौद्धिकतप्का पनि छ।
http://yosataa.com/index.php?link=news-detail&id=720

1 comment:

  1. I heartly appreciate your views. You expressed in your article the reality of contemporary activities of regressive actors & acttress who are mobilizing through remote control to destroy the people's verdict. It is very hard time to eliminate the Lovi papi from Nepalese political arena.
    From
    Damodar Prasad Acharya
    Leuven, Belgium

    ReplyDelete