यो हप्ता ससांरमै नयाँ बहसको बिषय बिश्व समाजबादी आन्दोलन बन्यो । एकाइसौे सदीमा समाजबादको भबिष्य र आक्रमक सम्राज्यबादबारे भेनेजुयलाको राजधानी काराकसमा १९देखी २१ नोभेम्बरसम्म युरोप अमेरिका एसिया र अष्ट्रेलियाका ५० भन्दाबढि समाजबादी बामपन्थीहरुको भेलामा राष्ट्रपति हयूगो चाभेजले-हाम्रो सामने बिश्वको जिम्बेवारी छू भनेर भेलाको उदघाटन गरे । समाजबादी आन्दोलनलाई आफआफनै तरिकाले बुझने र लागुगर्ने बिषयका अन्तरनिहत कयौं एजेण्डाहरुमा बिबाद हुन सक्लान तर सम्राज्यबादको कटु आलोचक र आफनै तरिकाकाको समाजबादको अभ्यासरत चाभेज र सरोकारवालाहरुको भेनेजुयलाको राजधानी काराकसको यो भेलाले पाचौं अन्तराष्ट्रिय अपि्रल २०१०मा गर्ने निधोगर्दै काराकस घोषणापत्र तजभ ऋबचबअबक ब्नचभझभलत ९भ्ि ऋयुउचयुष्कय मभ ऋबचबअबक० जारी गर् यो त्यो सामान्य बिषय भने जरुर थिएन र हैनपनि । त्यस्ले बर्षभरीको सम्राज्यबाद बिराधी आन्दोलनको कार्यतालिका समेत जारी गर् यो । तर नेपालमा भने यस्ले छोएन । पक्ष र बिपक्षमा बहस हुन सकेन । यसैपनि पस्चिमी युरोप र उत्तरी अमेरिकाका सामान्य घटनापनि ठुला अन्तराष्ट्रिय समाचार बन्ने यहाँका ठुला मीडियाहरु उदासिन हुनलाई अन्यथा मानिदैन । अहिले ससांरमै समाजबादका अनेकौ रुपमा अभ्यास भुमिका र प्राप्तीका आन्दोलनहरु भैराखेका छन । अझ अहिलेको बिश्व आर्थिकमन्दी र यस्लाई उतार्न राजकिय भुमिकाले उदारिकरण निजिकरण र वैश्विकरणको हावा भरिएको बेलुनको ग्यास फिस्स् भएर खुस्किएको बेलामा अझ यस्को सान्दर्भिकता बढेको छ । बिचारको क्षेत्रमा प्रबेसै नगरेपनि ओझलिएपनि नेपालमा अनेकौ किसिम र प्रकारका समाजबादी बामपन्थी र कम्युनिष्ट पार्टीहरु छन । आफुलाई समाजबादी भन्नेहरुमा बामपन्थीहरुमात्रै हेैनन् नेपाली काग्रेस र मधेसी जन अधिकार फोरम समेत छन । अति सुद्धताबादी उपाध्याय कम्युनिष्ट देखी अति ब्यबहारबादी पनि यहाँ नरहेका हैनन । तर उनिहरु बिचपनि यस्लाई बहसको बिषय बनाउन आबस्यकता ठानिएन । उदेग लाग्दो पक्ष भनेको यो हो । नेपालको अहिलेको राजनीतिक समस्या भनेकै बिचारवान भनिनेहरु स्वयं बिचारबिहिन बन्दा उप्जेको हो त्यसैको अर्काे उदाहरण काराकस सबेलन बहसरहीत बन्नु हो । बुढो युरोप अहिले नबिन बिचारबिहिनताको केन्द्र बन्दै छ । प्रबोधन काल र पुनरजागरण कालको नेत्रृत्व लिएको युरोप अहिले कुण्ठा र उपभोक्ताबादको चरम दासतामा फसेर बिगतको गौरबता निरन्तरता दिन नसक्ने हबिगतमा पुगेको छ भने नौजबान उत्साहा बोकेको उत्तर अमेरिका बिसेष गरेर अझ सयुक्त राज्य अमेरिका अहिले आक्रमक सम्राज्यबादको अगुवामा फेरिएको छ । उसैको नाकँमुनी दक्षिण अमेरिकाभने परिवर्तन र क्रान्तिका केन्द्र र नबिन सोचको थलोमा बिकास हुदैछ । त्यहाँ आक्रमक सम्राज्यबाद बिरोधी किल्लाका रुपमा ल्याटिन अमेरिका देखापर्दैछ । बिचारलाई बर्तमान सन्दर्भमा के कसरी लागुगर्ने भन्ने आआफनै धारणा र भुमिका हुन सक्लान तर एक्काइसौ सदिको सुरुमै समाजबादको भबिस्य र समाजबादीहरुको अन्तराष्ट्रिय एकता भनेको महत्वपुर्ण अहिलेको बहसको बिषय थियो । बिगतमा माओबादीहरुको साजाल रिमले अन्तराष्ट्रिय कमुनिष्टहरुको छलफलको थलो त् बनायो एउटा नया आबेग समेत भर् यो तर त्यसलाई ससक्तता दिनभने सकेन । जहाँ आन्दोलनको केन्द्र हुन्छ बहस र नबिन बिचारको केन्द्रपनि त्यहीँ हुन्छ । बिचारबिहिनताको प्रतिधुर्बिय सकि्रयतपनि त्यहीँ ज्यादा देखिन्छ र हुन्छ । त्यसैले अहिले ल्याटिन अमेरिका र एसिया आन्दोलनका केन्द्र बनेका छन र हुन । त्यसैले बहसको थलो र बिषयपनि त्यही छ र भएको छ । अहिले ससांरैभरी बहस र भुमिकामा राष्ट्रिय मुक्ति आन्दोलन कम्युनिष्ट आन्दोलन सम्राज्यबाद बिरोधी आन्दोलन पर्याबरणबादी गि्रन आन्दोलनहरु चलिराखेका छन । ति ति बिष्व बिद्यालयका बौद्धक बहसमामात्र नभै भुमिकामै देखा परिराखेकाछन । त्यसमा भाबी पुस्ताको चिन्ता र आफनो भुमिकाको किटान कसरी गर्ने र दायित्व कसरी निभाउने भनेर मानबजाती लागी परेका छन । जुन तरिकाले सत्तरीको दशक दुनियानै आन्दोलनमय थियो त्यस्तै उभार र बहस अहिले देखा परिराखेका छन । त्यही बहस र आन्दोलनलाई भॆनेजुयलाको त्यो भेलाले उर्जानै दिनेछ । यसै पनि चाभेज सम्राज्यबादको एक नबंर रचनात्मक बिरोधी देखएका छन । उनि सरकार प्रमुख र महादेशमै लोकपृय नेताका रुपमा उदाएका छन । सम्राज्यबादको अघोषितरुपमा अन्तराष्ट्रिय केन्द्र सकि्रय छ । बिष्व बैक अन्तराष्टिय मुद्रा कोष र त्यस्कै अनेकौ क्षेत्रिय बैकहरु छन । अनेकौ ठुलठुला करपोरेट हाउस र सेयर बजार छन । त्यस्को औचित्यता र सौन्दर्यता दिलाउने ठुलठुला मीडिया हाउस छन । चेतनाको ठाँउमा बिस्वासको महिमामण्डित गर्न कयौ भेटिगन सिटीहरु छन । तिनिहरुबाट प्रसिक्षित दिक्षित र निर्देशित शक्तिहरुनेै अनेकौ देशमा राजनैतिक र सैनिक नेतृत्वमा हाबी छन । उनिहरु जहिलेपनि बैस्विक चिन्ता र सकि्रययतााबादी सोचका बिरोधी हुनृगर्छन र भए गरेका छन । करपोरेट सष्क्रितिको हाबीसङ्गै मानबिय सोचको बिषयान्तरपनि जबरजस्ती बढाउनु उनिहरुको साष्क्रितिक बैस्विक हस्तक्षेप हो र कोकाकोला सष्क्रिति । त्यसैको सुनियोजीत अभ्यास भनेकै अहिले मानबताबादलाई बहसबाट यात ओझल पारियो यात उनिहरु प्रसिक्षित र पोसित बौधिकतप्काले यस्लाई बहसको बिषय बनाउन चाहेनन । जहिलेपनि प्रजातन्त्र र मानब अधिकारको हित अनुकुलको ब्याख्या गरियो वेस्ट र रेष्ट दुनिया भनेर । त्यस्को एउटा जबाफ पनि हो काराकस भेलाको सन्देश । बिचारको तागत र आतङ्क गजबको हुन्छ । बिचारलेनै मानिसलाई सपना देखाउँछ र भुमिकामा डोर् याउछ । आफनो जीवनशैली बनुउछ र अरुसङ्ग त्यस्तै अपेक्षा गर्दछ । हरेक मान्छेलाई हाक्ने आन्तरिकशक्तिनै बिचार हो । त्यस अनुसार आर्दश र सपना बन्छन । बिचार बिहिनहरुकोपनि बिचारबिहिनतानै बिचार हो । यस्मिन जीबेत तस्मिन जीवेत भस्मि भुतस्य देहस्य…॥ बिचारै हो । अराजकता र धर्मान्दपनि बिचार हो । रुढिबाद र अन्धतापनि बिचारै हो । मुख्यतया ब्यक्ति केन्द्रित र समाजकेन्द्रित आर्दश बिचारको देन हो । केही तथ्य र तर्कको शक्तिद्धारा हाकिँने बिचार छन भने केही शक्तिको तर्कद्धारा हाकिने बिचार । तर्कहीनतानेाै फासिबाद र धर्मान्दहरुको बिस्वासको तागत बन्ने गर्छ । सोच्दैनन र सोच्नु भनेको अराजकता हो भन्छन भने रुपमा जे भएपनि फासिबादी चरित्र भनेको सोच्ने र आदेश दिने औकात भनेको आफनो र हाकिँने र मान्नेकाम भनेको तिम्रो भन्ने गर्छन । क्लारा जेटकिन बिउझिइन काराकसमा । बिचारको अन्त र इतिहासको अन्त भएको छैन भन्ने उदघोषपनि हो काराकास घोषणा । बिचारको अन्त भो आन्दोलनको अन्त भो इतिहासको अन्त भो भन्नेपनि बिचारै हो । जहिलेपनि तर्कयुक्त बिचारद्धारा आतङ्कित बिचारले बिचार बिरुद्ध शक्ति र प्रलोभनको आतङ्क छेडेको हुन्छ । बिचारका भ्रष्टिकरण गरेर आफै बिरुद्ध कुतर्कबाट अस्तित्व धान्नेहरु हिजोको आफैलाई मुर्दाबाद भन्नेहरुलाईपनि आफु सुरक्षित हुन नयाँ बिचारको आबस्यकता हुन्छ भलै त्यो जलफ लगाएको र अन्यन्त्रका गोतियारले प्रयोग गरिसकेको जडौरी सोच किन नहोस् अहिलेको आक्रमक सम्राज्यबाद अनेकौ रुप र रङ्गमा बिचारबिहिन जमात तयारगर्ने महायुद्धमा लागेको छ । मनोयुद्धको सहारा लिईरहेको छ । मीडिया उनिहरुका लागी बैसाखी र बरदान साबित भएका छन । चकाचौध बजारले नियन्त्रण लिइरहेको मीडियामा अहिले सामान्यजनको पहुच छैन । त्यसैले माक्स्रले १८६४मा पहिलो अन्तराष्ट्रियको थालनी गरे त्यसले अनेकौ अबस्था पार गर्दै गयो । बामपन्थी समाजबादी र कम्युनिष्टहरुमा अनेकौ सोच र भुमिकाहरु देखा परे । प’जिबाद आक्रमक बन्दै गयो र करपोरेट अर्थ ब्यबस्थाको थालनी सङ्गै ससौरका पुजिपति एक हौ भनेर सेयर मार्केटले नेतृत्व लिदै गयो । त्यस्को रक्षा आक्रमक सम्राज्यबादले गर्न थाल्यो । दुनियाका मजदुर एक हौ भन्ने नारामा एकताबद्ध हुन सकेन । स्वत्वका टकराहटले आन्दोलनमा बाधा र भडकाउ आए । काराकस भेलापनि बहस बिहिन हुन सक्दैन । तर सम्राज्यबाद बिरोधी भुमिकामा बिस्वास आर्जन गरेका चाभेजले जुन पहल लिएका छन त्यस्ले सबैलाई फेरी बहसमा पुर् याएको छ । यसबाट अन्यन्त्रका जस्तै नेपालका समाजबादी बामपन्थी र कम्युनिष्टहरुपनि अछुतो रहन सक्दैनन पाउदैनन । स्टालिनबादी र ट्राटस्कीबादीहरुको बिचमा फसेको बिगतका अन्तराष्ट्रियबाट २०१०को अप्रलमा हुनेभनिएको काराकस घोषणाको महत्व सबैको बहस र बिचारको थलो बन्नसकेमात्र सार्थकता पाउने छ । बहसको नयाँ सन्र्दभमा सुरुवात गरेर भने बैचारिक आन्दोलनलाई अझ खदिलो पारेको मान्नै पर्छ र कोही यस्बाट उम्कन पाउने छैन ।
१९६४मा भएको पहिलो अन्तराष्टियको सदस्यता रसिदमा कार्लमाक्स्रको हस्ताक्षर देख्न पाईन्छ ।
तेश्रो अन्तराष्टियकोलागी सोभियत पोष्टर १९१९मा तेश्रो अन्तराष्टिय अथबा कोमिन्टनको गठन । १९१९मा गठन भएर १९४३मा दिोश्रो बिष्व युद्धताका बिधटन भएको थियो
Sunday, November 29, 2009
Subscribe to:
Posts (Atom)
