माओवादी अब के र कसरी जाला भनेर अनेकौँ लख काटिइरहेको बेला यही फागुन ५ र ६ गते भक्तपुरको खरिपाटीमा पार्टीका ‘फिल्ड कमाण्डर' अर्थात् अगुवा कार्यकर्ताको प्रशिक्षण भेला हुँदैछ। विद्रोहीबाट सत्तामा पुगेर बाहिरिएको देशको सबभन्दा ठूलो पार्टी र प्रमुख प्रतिपक्षदलका अगुवा कार्यकर्ताको प्रशिक्षणमा सबैको ध्यान जानु स्वाभाविकै हो। एकातर्फ माओवादी आन्दोलन अर्काे चरणमा जानु, अर्काेतर्फ संविधानसभाको म्याद सकिँदैजाँदा समयमै संविधान बन्न नसने उत्पन्न हुने विषय परिस्थितिअगाडि हुनथालेको यस भेलाको विशेष अर्थ रहन्छ नै।
सकरात्मक होस् या नकरात्मक, मााओवादी मार्गचित्रमै अहिले अन्य शक्ति पनि हिँडिरहेका छन्, खेलिरहेका छन्। अर्कातर्फ स्वयं माओवादीपनि सिद्धान्त, आदर्श, देखाइएका सपना, सांस्कृतिक स्तर, कोरेको लक्ष्य तथा खेलिरहेको भूमिकाका कारण इतिहासको अर्काे कटघरामा उभिएर समीक्षाको विषय बनेको छ। माओवादी हुनु भनेकै आफनो लडाइँ आफँै लड्न प्रतिकूलतालाई अनुकूलतामा फेर्दै आफैँ भूमिकामा उत्रनुहुन्थ्यो। त्यसैले सदा आशावादी, उत्साही र जागरुक गराएर जीवन र जगत नियाल्ने तथा सोहीअनुसार आचरण गर्ने नौलो मान्छे मानिन्थ्यो। अहिले भनाइ र गराइमा एकरूपता नआउ"दा, के हामी हिजैका माओवादी हौ त भन्ने अन्योल आन्तरिक पंक्तिमै पैदा भएको छ।
आन्दोलनलेे सीमांकन गरेको मित्र र वैरीको रेखा, किटान गरेको आर्दश र लक्ष्य, थालेको अभियान, बनाएको मार्गचित्रमा माओवादी अडेको, बढेको र प्रतिबद्ध रहेको छ कि छैन भन्ने जिज्ञाशा, आशंका र प्रश्न पनि त्यत्तिकै जन्मिइरहेका छन्। मूल्य र आदर्शको राजनीतिमा, योजना र समर्पणमा, हेराइ, बुझाइ र गराइमा हुने गरेका आवेग र संवेदना अहिले छन कि छैनन्? भए व्यवहारमा कह"ा र कसरी देखिइरहेका छन्? छैनन् भने किन स्खलित भएका हुन्? यस्ता अनेकौँ प्रश्नमा दोश्रो खरिपाटी भेलासम्म आइपुग्दा पार्टी पंक्तिलाई नै आश्वस्त र विश्वस्त बनाउनुपर्ने अवस्था उत्पन्न भएको छ। पार्टीको भावि दिशा के हुने भन्ने सबाल नै यस भेलाको महत्वपूर्ण विषय हो।
विगत खरिपाटी भेलाले पार्टीमा भावनात्मक एकता कायम गर्न सकेन। पार्टी सरकारमा थियो। विद्रोही हो कि, सरकारको नेतृत्वमा जस्ता भ्रम सिर्जना भए। त्यस्को असर चारैतर्फ देखियो। आन्तरिक जीवनमा अन्योल पैदा भयो। धाँजा फाट्दै आधारभूमिमा समेत पुग्यो। पहिलो खरिपाटीले वैचारिक स्पष्टता दिन सकेन। पार्टी ‘पाटी' बन्यो। मञ्चमा कसम खाएका मात्रिका यादब बाहिरिए भने अनेकौँ नौला अनुहार भित्रिए। त्यसपछि रोसी, कोसी र कर्णालीमा धेरै पानी बगिसक्यो। अहिले अनेकाँै धार, प्रवृत्ति र समूह तथा व्यक्तित्वको जमघट हुँदा मौलिक चरित्रै गुमाएर संयुक्त मोर्चा बन्न लागेको त छैन भन्ने आशंका पनि हुन थाल्यो । प्रतिकूल अवस्थाका प्रतिबद्धता अनुकूलताको छा"यामा पर्दा त्याग र सर्मपणको अर्थ पनि बदलिँदै गएको आभास हँुदैछ। विशालकाय कमिटीहरूमा योग्यता, क्षमता र पृष्टभूमि भन्दापनि समूह र गुटको अहं बढ्दा आधारभूत कार्यकर्ताले विगतको गम्भीर समीक्षा गर्न थालेका छन्। सिंगो माओवादी अभियानलाई नै कुनैदिन धारे हात लगाउनेको विश्लेषणमा जनयुद्धको व्याख्या टिक्नुपर्दा इतिहासले आफँैलाई गिज्याएजस्तो भएको छ। ससंदीय पार्टीलाई लगाउने गरिएका कयौ" आरोप आफँैतिर फर्केको पार्टी नेतृत्वले चालै पाएन। पार्टीको सिद्धान्त, व्यवहार, मूल्यमान्यता, संगठनात्मक रूप, शैली र संरचना अरूको भन्दा बेग्लै कसरी गराउने भन्नेमा अन्योल देखापर्यो। खरिपाटीको यस जमघट र प्रशिक्षणले थाती रहेका अनेकाँैं आशंकालाई मेट्न सकेन भने त्यो थप पीडादायी हुनेछ।
माओवादी विद्रोह १५ वर्षमा लाग्दा अहिलेसम्म्ा यसले अनैकौँ मोड, आरोह अवरोह पार गरिसकेको छ। समाजमा प्रभुत्व राख्ने वर्गको हितविरुद्धको दर्शन बनेर हस्तक्षपको भाषामा कुर्लँदै विगतमा यो गाउ", बस्ती, देहात, कस्वामा पुग्दा सामान्य जनता र सुदूरबस्ती जाग्न थाले। मानवीय महत्वकांक्षा जाग्यो। पार्टीलाई समर्थन नगरेपनि यसका एजेण्डाका पक्षमा जनताको लाम लाग्यो। धेरै कुरा हेर्दाहेर्दै फेरिएझैँ लाग्नसक्छ तर, त्यसका लागि समकालीन नेपाली समाजले ठूलो मूल्य चुक्ता गरिसकेको छ। अहिले यस्ले राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा अनेकौ बहस सिर्जना गरेर समाजलाई हेर्ने, बुझ्ने र कर्ममा उत्रनेको सोच र भूमिकै बदलिदिएको छ। परिस्थितिसँग बदलिन नसक्नेहरू अहिले छटपटाएर अस्तित्वको लडाइँ गर्दैछन्। त्यो अनेकौ रूप, रंग र समूहमा देखा परेको छ। पहिला राजधानीका विशेष व्यक्तिमा सीमित र केन्द्रित राष्ट्रिय बहस सुदूर बस्तीमा हुन थालेपछि सबै क्षेत्रमा महत्वकांक्षा बढेको हो। त्यो महत्वकांक्षा र बहसले सकारात्मक दिशामात्रै पक्रेको छैन, जातीय अहंकार र हीनताबोध पनि प्रकट गरेको छ। कयाँै बहसलाई सकारात्मक मोड दिने र व्यवस्थापन गर्ने दायित्व माओवादीको थियो तर विगत बुझाइमा एकरूपता ल्याउन नसक्दा जातिवादी विद्रोहका उग्रदक्षिणपन्थी समूहका कार्यकर्ता पनि पार्र्टीमै पैदा भएकाछन्।
डेढ दशकसम्मको जातीय र रगतको सबन्धभन्दा वर्गीय नाता गाढा र ठूलो हुन्छ भन्ने अर्थ आज फेरिँदै गएको देखिएको छ। यसैले अहिले माओवादी आन्तरिक र वाह्य दुवै क्षेत्रका परीक्षामा छ। त्यसैको केन्द्र बन्दैछ - दोस्रो खरीपाटी भेला। हुन त यो भेला नभएर प्रशिक्षणमात्रै हो तर सामान्य अवस्थामा हँुदैछैन। पाएका उपलब्धिलाई संस्थागत गर्न सक्छ कि सत्तैन? बुझाइ र गराइमा एकरूपता ल्याएर राष्ट्रिय र अन्तर्राष्ट्रिय जगत्लाई सन्देश के दिन्छ? त्यसैमा माओवादी आन्दोलनका साथै अग्रगमन, शान्ति र संविधानको भविष्य निर्भर रहनेछ।
http://nagariknews.com/opinions/98-opinion/10474-2010-02-18-05-02-14.htm
Friday, February 19, 2010
Monday, February 8, 2010
मनोयुद्ध र ला प्रेस्ता
शीतयुद्धको चरमकालमा अमेरिकी राष्ट्रपति जिमी कार्टर, इरानगेट काण्ड र इरान बन्धक प्रकरणले चर्चित कोन्ट्रा र निकारागुवालाई अझ चर्चामा ल्यायो । सान्डिनिस्टा क्रान्तिपछि सन् १९८४ मा निकारागुवामा डेनियल ओर्टेगा लोकपि्रय चुनावबाट निर्वाचित भए । आन्दोलनको मर्मअनुसार सान्डानिस्टा सरकारले समाजवादी योजना थालेपछि प्रतिक्रान्तिकारी कारबाही सतहमा देखिन थाल्यो । दक्षिण अमेरिकाको त्यो देशमा एकातर्फ छिमेकी होन्डुरसलाई बेसक्याम्प बनाएर सिआइएले कोन्ट्रा गुरिल्ला संघर्ष सुरु गर्यो भने अर्कातर्फ लोकपि्रय पृष्ठभूमिकी भ्वाइलेतो चमारोलाई उभ्याएर 'ला प्रेस्ता' नामक चर्चित पत्रिकालाई मनोयुद्ध चलाउने अभिभारा सुम्पियो । माइन्ड म्यानेजर बौद्धिकहरू मनोयुद्धका सिपाही बन्न पुगे । आफू कसरी प्रयोग भइएछ भन्ने त्यसका पूर्वसम्पादकले पछि मात्र थाहा पाए । पहिले अनेकाँै बुद्धिजीवीलाई विकासे, अधिकारकर्मी र व्यवसायीको आवरणमा सजाइयो । सिआइएकै बलमा पछि भ्वाइलेतो चमारो राष्ट्रपति बनिन् ।
मिडियालाई मनोयुद्ध चलाउने मारक औजारका रूपमा लिइन्छ । अझ हल्लैहल्लाको देश भनेर सोच्नेले चिच्याएरै काम फत्ते गर्ने मौका ढुकिराखेका हुन्छन् । तथ्यको अंशमा टेकेर तर्कखेलले योजना चलाउँछन् । सोहीअनुसारको लक्ष्य किटान हुन्छ । जहिले पनि विद्रोहबाट आएका शक्तिको कलाविहीन गतिविधि र पुरानो हयाङओभरले पनि शीर्षक दिने गर्छ । फेर्ने र फेरिने विषय नै यथास्थिति र अग्रगमनबीचको टकराहटमा लहडमै प्रगतिशील बनेकाहरू 'ओल्ड इज गोल्ड' भन्दै र्फकन सक्छन् । अहिले सूचना, कुसूचना, प्रायोजित सूचना र भ्रमित सूचना आपसमा भिडिरहेका वेला तथ्य फेरिँदा पनि आग्रही बतासे तर्कले क्षणिक भ्रम पैदा गर्छ । अभिजातवर्ग र उच्च मध्यमवर्गबाट आएका बुद्धिजीवीमा यथार्थपरकभन्दा पनि सुविधाअनुसार सोच्ने र कर्म गर्ने बानी परिसकेको हुन्छ । यही टेको लगाएर दाताहरूले ठडयाउँछन् र सिँगार्छन् । हरेक ठाउँमा चालु मिडियाबाटै सूचनाको हकबाट वञ्चित गराउने र भ्रमित गर्ने सिन्डिकेट चलेको हुन्छ । हाम्रोजस्तो मिडिया-साक्षरता नभएको देशका छापिएका सामग्रीलाई ध्रुवसत्य, रेडियो र टिभीका आवाजलाई ब्रह्मवाक्य मान्ने जनसंख्याको ठूलो हिस्सा रहेकाले मनोयुद्धको टार्जेट ग्रुप पनि त्यही रहने गर्छ । प्रायोजकको लगानी पनि त्यतै केन्दि्रत हुने गर्छ । मिडिया पाठक, श्रोता र दर्शकबाट भन्दा पनि दाताका भरोसा र बजारबाट नियन्त्रित हुने हँुदा 'जसको सिता खाई उसको गीता गाई' गर्न बाध्य हुन्छन् । जतिसुकै स्वतन्त्र र निष्पक्ष भने पनि तिनले दाता, बजार र विज्ञापनको दबाब झेलिरहनुपर्छ । विज्ञापन जसको, समाचारमा पनि उसकै रजाइँ हुन्छ । यो नेपालको पनि तीतोसत्य हो ।
टुट्न सक्ने, तर समयानुकूल बदलिन नसक्ने अभिजातवर्ग, आग्रही सोच एवं सक्रियताहीन नवधनाढयका विचार, अभियान र भूमिका घोलमेलबाट अहिले उग्रदक्षिणपन्थी सिन्डिकेट तयार भएको छ । मिडिया बजारमा उनीहरूकै हैकम चलेको छ । अहिले त्यसले छद्म नागरिक समाज र स्वतन्त्र मिडियाको अनुहारमा देखिएर उग्रदक्षिणपन्थको औचित्य साबित गर्ने कसरत गर्दै छ । पश्चगामी र यथास्थिति संसदीय राजनीतिज्ञहरूका विगत साक्षी हुँदा जनताको ठूलो हिस्साले उनीहरूलाई पत्याउँदैनन् । नागरिक आवाजको प्रवक्ता मानिने मिडियाले नै नैया खियाएर जंघार तार्ला र यसका लागि नेपाली 'ला प्रेस्ता' बनाउनुपर्छ भन्ने सोच विकास भएको हो ।
००७ सालको परिवर्तन जसरी सहरियाले चालै नपाई र नपत्याउँदै आइलाग्यो, त्यसरी नै नेपाली अभिजात र उपबुज्रुकहरूले कल्पनै नगरेको गणतन्त्र पत्तै नपाई ह्वात्तै आइदियो । उनीहरू संघात्मक, धर्मनिरपेक्ष गणतन्त्र नेपालले वैधानिकता पाएको हेर्न र पचाउन तयार छैनन् । विगतमा फस्टाएको द्वन्द्व उद्योगलाई अझै भजाउन चाहन्छन् उनीहरू । आफूहरूलेे अनुमानै गर्न नसकेको चुनावी नतिजा आएपछि त झन् उनीहरू रन्थनिए । काठमाडौंलाई देश र पाइन्टबाबुलाई मात्रै जनता सोच्नेले परिवर्तनको सामाजिक नाडी छाम्न सक्ने औकात नै देखाएनन् । भविष्यवाणी र विश्लेषणले हावा खाएपछि उनीहरू झन् तिलमिलाए । हवाईरिपोर्टले लोप्पा ख्वाएपछि उनीहरूलाई दाताले पनि हकारे । जे, जसरी पनि आइलागेको अवस्था मौन स्वीकार गर्ने कि त्यससँग भिड्ने भन्नेमा उनीहरू धेरै दिन दोधारमै रहे । माओवादीविरुद्धको वीभत्सता प्रचार गर्ने होडबाजी चले पनि मूलतः यो अग्रगमन, शान्ति र संविधानविरोधी सक्रियताका रूपमा देखियो । परिवर्तनलाई नामकाजी बनाउने कि कामकाजी ? लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने कि नगर्ने ? शान्ति र संविधानको ग्यारेन्टी कसरी गर्ने ? यस्ता मुद्दामा माथापच्ची सुरु भएपछि यो छद्म टकराहट घनिभूत मनोयुद्धमा प्रकट भएको मात्र हो ।
निकारागुवाको इतिहास सात समुद्रपारिको भूगोल छिचोल्दै अढाई दशकपछि नेपालमा दोहरिँदै छ । यहाँ कोन्ट्राका अनेकाँै अभ्यास जनयुद्धअघि र पछि पनि भए । अहिले नयाँ खेल चालु छन् भने ला प्रेस्ता को बन्ने भन्ने होडबाजी पनि त्यत्तिकै चलिरहेको छ । उनीहरूको योग्यता माओवादीविरुद्धको वीभत्सता फैलाउनु, कार्यकर्तालाई निराश पार्नु, भ्रम छर्नु र अन्तरविरोध चर्काइदिएर पार्टीलाई विभाजनमा पुर्याउनुमा हुनेछ । यसबाट अर्काे भ्वाइलेतो चमारो त जन्माउने सपना पूरा हुन्छ भन्ने छैन । किनकि निकारागुवामै यो अभ्यासले हावा खाइसकेको छ भने कोन्ट्रा र भ्वाइलेतो चमारो त्यहाँ अब इतिहासका अर्का विभीषण पात्र बनेेका छन् ।
http://www.nayapatrika.com/newsportal/permalink/10975.html

डायरीको पानामा माघ १९को सम्झना
धेरै दिनपछि आज डायरीको पाना खोलेको छु । अहिले घना जगलंको छवैमा हाम्रो बसाईछ । सरकारी सेनाकालागी हर्रे छिन्चु सम्शेरगाज सुर्खेत र सल्यानको समदूरी तीन घण्टाकोमात्रैे फरक छ । एउटा आखाँ खुलै राखेर आफनै चौकसी गर्नुपर्ने बेला । युद्ध घनिभूत रुपमा चलिरहेको छ भने पार्टीको अन्दरुनी कलहले पनि भावानामा त्यतिकै चोट पुगिरहेको छ । बालुवाको मिटिगंमा क। अथक र क। बजिरसगंको छलफललेपनि चित्त बुझैको छैन । आखिर के हो यो ! भन्ने कौतुहलता जागेको छ । मृत्यु वा मुक्ति भनेर जनयुद्धमा हेलिएका निजी र पुजीँलाई समाज अधिन बनाउछु भनेर महासमरमा ओईरिएकाहरुमा यस्तो के भएको हो ! भन्ने लाग्दैछ । जहिलेपनि आर्दशको मुहान नेतृत्व हुन्छ मुहाननै धमिलो भएपछि खोलो कसरी सफा होला र !! उफ् यो ब्यक्तित्वको टकराहट हो की ! जुगाँको लडाँई । म गम्भिर बिषयलाई अरुमार्फत मात्र सुन्न सक्छु । त्यसैले धारणा बनाउन परेको छ । ऐतिहासिक सन्दर्भ विचारको लडाई र तर्कको तागत । आस्था र बिस्वासको दिल र दिमागमाथी परेको छाप । अनेकौ तर्कना आउँछन । मेघझै मडारिन्छन । सामुन्द्रिक छालझै आउँछन हराउछन । मनका कुरा सबै भनौ या लेखौ भने पार्टी सदस्य नभईएला कि भनेर हरेक पार्टीका सदस्यले झै म पनि अहिले आत्मसेन्सर गर्छु । सगंठन शक्ति हो अराजक बन्ने अनुमति कसैलाईपनि हुँदैन । अर्काेतर्फ मान्छे मिसिनपनि हैन नी ! आर्दश र सपनाको भारी बोकेर महासमर यात्रामा छु त्यस्ौले पनि लेख्न पर्छ भन्ठान्छु । दिमाग छ अनेकौ तर्कनाहरु प्ाुत्त फुत्त आईदिहाल्छन । दिमाग हो सोचिदिहाल्छ । सोच्दछ दिमागले भूमिकामा उर्ताछ । दुख पाउँछ यो हाडछाला भएको शरीरले । नसोचेको भए सपनाले टोक्दैनथ्यो । मस्त तोँद फुलाएर गजधम्म परेर ढल्दथँे । एक मन लाग्छ भो नलेखौ । अर्काे मन भन्छ बाचिँने हो कि मरिने हो ! फर्केर बिचार सार्बजनिक गर्न पाईने हो कि हैन थाहा छैन । यो नाफाको जिन्दगीलाई अहिले केही निराशा छाएको छ । भर्खरमात्रै सेती महाकाली भेरी र कर्णालीका अगुवा कार्यकर्ताहरुको भेला जाजरकोटको दह गाबिसको जुर्का निपानेमा सम्पन्न भएर फर्केको यो मान्छे । भक्तपुर जिल्ला भन्दा भूगोलमा ठुलो दह गाबिसको जुर्का निपानेलाई हामिहरु जुनी भन्दछौ । मगरहरुको त्यो सानु बस्तीमा मात्रै जन्ती र रोपाईमा गरेर दुई दर्जन भन्दा धेरैको हत्या भएको थियो । बचेकाहरु सगोलमै जीवन अभ्यस्त गर्दै छन । त्यस्लाई कम्युनको अभ्यास थलोको रुपमा लिईएको छ । त्यो भेलामा जुनी जानु मेरोलागी दोश्रो अबसर बन्यॊ । त्यो सहिद बस्तीलाई हामी तिर्थथलोको रुपमा लिन्छयौ ।
त्यो क्षिण अहिले सिनेमाको रिलझै घुमिरहेको छ । जुनीमा प्रत्याक्रमणको दोश्रो अभियान उदघाटन कमरेड दिवाकरले फायरिगंबाट गर्नुभयो । सैन्य हेलिक्याप्टरहरु शिकारी बाज घुमेझै आकासमा चक्कर मार्दै थिए । सुरक्षाको कास्रन कमाण्डर जीत गर्दै हुनुहुन्थ्यो । कति चोटी उहाँलाई लक्षितगरेर अईटी वान र यसयमजी दाग्यो खुलामा छन जीत बम गोलीलाई जितेका । हो उनैले मलाई लहा दहमा कम्ब्याक्ट लगाईदिएका । अघिल्लेै दिन जासुसी बिमानले रेकी गरिसकेकोले त्यहाँ जमघटको लख् काटन उसलाई गाह्रो परेन । घना जगंलका बिचमा सयौं जना अटने त्यहाँ प्राकि्रतिक ओडारहरु छन । एकैछिनमा जगंल र ओडारमा सयौकौ फौज पानीमा माछा हराएझै भयो । आकासबाट बमगोला ऊ बसा्रउने धरतिबाट जनमुक्तिसेनाको शक्तिसाली फायरिगंले उस्ालाई हायल कायलपार्ने । कभर लिन पहिलोपटक कमाण्डर सुदिपले मलाई त्यहीँ हो सिकाएकॊ । यसैबिच ओडारमै सयुक्त क्षेत्रिय मिटिगं र प्रशिक्षण सम्पन्न भयो । त्यहाँ कमरेड जेबीलाई सख्त आलोचना नगरे त् क्रान्तिकारीनै हुईदैन की भन्ने होडै चल्यो । किन हो कोनी क। शुरेसको अभाव मलाई खडकिरहेको थियो । जुन तरिकाले जेबीको बालको खाल उखाल्ने काम भयो त्यो शोभनिय कुनै अर्थमा थिएन । तब एउटा कबिता सुनाउने अनुमति माग्ाीँ र सुनाई । कबिता भारतिय उर्दुकबि वसिरबद्रको थियो- दुश्मनी जमकर करो मगर यह गुाजायस रहे ! अगर कभी हम दोस्त बन जाए तो सर्मिन्दा न हो । आज केही दिन बितिसक्यो । हामीहरु आज अथार्त २०६१ म्ााघ १९ गते अहिले हामी प्ास्चिमी सल्यानको टाकुरामा छौं । एउटा आखाँले लमतन्न परेका तराईका फाँटहरु झलमल भएका शहरहरु देखिन्छन भने अर्काे आखाँले गगनचुम्बी हिमाल उत्तरतिर कान्लैकान्ला बनेर पत्रैपत्र देखिने गर्बिला पहाडहरु ठडिएका । अहिलेपनि जुनी पार्टीको आन्तरिक कलह बाहिरी मिडियामा छताछुल्ल भएका आन्तरिक समस्या सबैलाई गम्दै आफनो औकात सम्झन्छु । जहिलेपनि जतासुकै साना मान्छेका भै कुराहरुले खासै महत्व रहँदैन कसैले राख्दैन । त्यस्मापनि यो महाँयुद्धकाल हो । त्यस्ले बाहिर र भित्र पार्ने प्रभाब बारे अनेकौ कुरा आईरहेका छन । हिजोसम्म टाकुरामा मोबाईलले काम गथ्र्यो्र । देश बिदेशका साथीसगं धितमारेर बात हुदाँ बाहिरका साथीहरु प्ाार्टी आन्तिरक जीवनबारे नै कुरा उठुउछन । पाल्सी कुरा गर्दापनि आफैंलाई छक्याउन कहाँ सकिन्थ्यो र ! एकाबिहानै क। कासी बराल बिराटलॆ खबर सुनाउनु भयो - शेर बहादुर देउवालाई असक्षम भन्दै निर्वाचित सरकार अपदस्थ गरेर राजा आफै सकि्रय भएकोबारॆ । क। बिराट क। दिनेश क। कल्पना क। यूवा क। किर्तिमान लगायतको हाम्रो टिम छ । खवरले मलाई खुशी र उत्तेजीत पार्छ । मोवायल बन्द भएकोले बाहिरी जगत्सगं खबर टुटिसकेकॊ छ । पुष्टि गर्न सचांरपोष्टमा क।अभिष्ट सगं सम्पर्ग गर्छु । यसैपनि हामीहरुलाई रेडियो नेपालले दिने समाचारहरु ओल्टाउदै पल्टाउदै सत्य तत्थ्यको नजिक पुग्ने बानी परिसकेको छ । क।अभिष्टले सबै कुरा सचांरसेट बाट दिएपछि यसै खुसीयालीमा कुखुरा खाने प्रस्ताब गर्छु म । बिसेष अबसर बाहेक कुखुराको परिकार खाईदैनथ्यो । सहयोद्धा साथीहरुले आस्चर्यमान्दै अझ राजा सकि्रय भएको राजतन्त्र प्रतक्ष्य र सकि्रय भएकोमा अझ हामीले खुसी मनाउने ! भन्ने तर्क राखे । टिमको अगुवा र प्रौढ भएकाले पनि सबै साथीहरुको हार्दिकता प्रेम र समांन आफुले पाएको थिएँु । मैले आफना तर्क सार्दै बिस्लेषण सुनाई ू हरेकलाई परिस्थितिको सबेंदनशीलता र आबस्यकताले एकता गराउँछ । त्यो भाबनात्मकमा फेरिनपनि सक्छ । सबाभित हाम्रो पार्टी बिभाजनलाई यस्ले रोकिदियो । पार्टी फुटोस् भनेर धुपबत्ती गरेकाहरुको भाकल पुरा हुने भएन । अर्काेतफ ससंदिय पार्टीहरु र हामी बिच एकता अब अनिवार्य भयॊ । त्यस्को महसुस दुबैपक्षले गर्ने नै छ । आधारभूमि तयार भयो । यो दुबै परिस्थिति राजाले तयार गरिदिएर जनयुद्धलाई नकरात्मकै भएपनि उन्ले गुनै लगाए ।ू साथीहरु मेरो कुरामा सहमत भए । सिरसिर हिउँ बोकेर ल्याएको बतासमा आज जमेर कुखुराको मासु उडाईउने भईयो । साकिनेको मासु झोल र भात तोदँ फुलाएर खाईयो । आज मैले धेरै दिन पछि साप्रो चपाएँँ
सुचना नै जीवन बनेको बेला दैनिक मोबायल सम्पर्ग गर्न टाकुराको चुलीमा जान पथ्र्यो । अब त्यो नियमित कामपनि बन्द भयो । अब जे दिन्थ्यो सचांरपोष्टले क।अभिष्टकै भरपर्नु पर्ने भयो । फेरी मलाई आज याद आउँदैछ- जुनी त्यहाँका मान्छेहरु कम्युन बसिर बद्रको कबिता सामान्य मान्छे मारेर प्रमोसन खोज्ने हवल्दार । ूआतकंकारीू मारेपछि प्रोमसन गर्ने सरकारी नीति र प्रलोभनमा एउटै हवल्दारले मात्रै त्यस सानोबस्ती लगाएत जाजरकोटको बिभिन्न ठाउँमा किलो सेरा टु को बेला २ शिक्षक सहित ३३ जना ग्रामिणकॊ कानुनीहत्या गरेको । पछि ढेढ बर्षमै ऊ इन्स्पेक्टर । आफु ०५८ पूर्ब स्वतन्त्र पत्रकारको हैसियतमा सकि्रय हुदाँ सयोंगले बाकेँको बघौडा क्षेत्रमा उसैकोमा बासबस्न पुग्नु । त्यो जानकारीको आभास नत उस्लाई नत पत्रकारमित्र यज्ञ बिक्रम शाहीलाई नै गराएको अबस्था । जनयूद्धकालमा पत्रकारिता र मानब अधिकार द्धन्दरत दुबै पक्षलाई सुरक्षाकवच बन्थ्यो । अनेकौ सरकारी कन्सुत्लेहरुपनि त्यही आबरणमा सकि्रए रहेको देखे भोगेको ।
२०६१ म्ाघ १९ साझँ डागीँ कटेरो सल्यान टाकुरा ।
annapurna post shaniwar 23 magh 2066

बहसमा नेपाली मिडिया
गतहप्ता नेपाली मिडियामा एककित्ताका स्कुल अफ थट मानिने हिमाल मिडियाका कनकमणि दीक्षित, मिडिया एनजियो फ्रिडम फोरमका अध्यक्ष तारानाथ दाहालसँग यस पंक्तिकारलाई एउटै मञ्चमा बोल्ने अवसर काभ्रे टाइम्सले दिलाइदियो। जीवन र जगत्प्रति हेर्ने, बुझ्ने, ग्रहन गर्ने र दृष्टिकोण निमार्ण गर्ने हाम्रा आ–आफ्नै मूल्य, मान्यता र आदर्श छन्। मणिकूलका कनक सर, सम्भ्रान्तवर्गको बौद्धिक व्यक्तित्व हुनुहुन्छ। दुईदशकदेखि सम्पादकीय पोलिसी साक्षी रहेको हिमाल र संविधान–सभाको चुनाबी पूर्व नतिजा ठम्याइमा उहाँको कुलीन परिवारको आँकलनको छाप थियो। अझ उक्त कार्यक्रममा पंक्तिकारले उठाएको मिसन जर्नालिजममा आफ्नो सक्रियता र अभियानबारे आत्मास्वीकृति जनाएर त्यो कित्ताको हाकाहाकी बौद्धिकको छाप छोड्न भने उहाँ चुक्नुभएन।
मुलुक परिवर्तनको ऐतिहासिक खतरामय मोडमा उभिएको बेला नेपाली मिडियामा पनि सूचना, कु–सूचना, भ्रमित सूचना र प्रायोजित सूचनाहरूको एक–आपसमा टकराहट भैरहँदा सामान्य जन वास्तविकता पहिल्याउन रुमल्लिइरहेको छ। यदि बजार मिडियामा मात्र भर परेर अहिलेको अग्रगमन, शान्ति र सबिधानबारे कुनै धारणा बनाउन पर्यो भने विगत चुनाबताका राजज्योतिष र गह्रुंगा मिडिया विश्लेषकले परिणामको ठोकुवा गरेर जसरी झुक्किए, कालान्तरमा पनि त्यस्तै ठगिएको महशुस गर्नै पर्छ। धरातलीय यथार्थ र परिवर्तनको सुनामीले नछोएका अभिजात र विदेशीहरूले जसरी विगतमा धारणा बनाए र, हिस्स परे त्यस्तै हुनसक्छ। फेरि अहिले कैयौं विज्ञापन समाचार र विश्लेषण बनेर आइराखेका छन्।
विज्ञापनले कर्पोरेट मिडियामा पारेको असरबारे अझै स्वतन्त्र अध्ययन नेपालमा भैसकेको छैन। विज्ञापनका स्रोतहरू पनि सीमित भएको र सरकारी विज्ञापन–नीति नभैरहेको अवस्थामा जे–जस्ता उद्देश्य भए पनि विदेशी दाताको प्रत्यक्ष वा परोक्ष आश्रय लिएर जिउन नेपाली मिडियाउद्योग बाध्य छ। अहिले त झन् सम्पादकीय–कक्षमा व्यवस्थापकीय हस्तक्षेप र बजारको दबाब बढेपछि सम्पादकको भूमिकासमेत नागरिक प्रवक्ता र जुझारु पत्रकारहरूको अभिभावकभन्दा पनि व्यवस्थापकमा बदलिँदा स्वयं मिडियासमेत बहसमा पुगेको हो। समाचारका विषय, प्रथमिकता र त्यसभित्र लुकेको आशयको पनि गम्भीर अध्ययन हुन नसकिरहेको बेलामा समाचारको भिडन्त र लुकेको नांगो यथार्थका रूप र शैली हेर्दा विगतको द्वन्द्व अहिले मनोयुद्धमा फेरिएको, योद्धाहरू बदलिएका र मैदान फरक भएको देखिन्छ।
अहिले कर्पोरेट मिडियाको ठूलो हिस्साको समस्या र बिडम्बना भनेकै आफूलाई उद्योग, मालिकलाई उद्योगपति र कार्यरतहरूलाई मजदुर नसोच्नु नै हो। जब पत्रकारहरूले आफूलार्ई ह्वाइट लेबर मान्दै श्रम–सम्मान गर्न होच्याएको ठाने, तब आर्कषक तलब, सुबिधा, मिडिया ग्ल्यामर र विचाररहितको व्यावसायिकताको मागले स्वसेन्सरशीप लगाइदियो। त्यसैले प्रेस–स्वतन्त्रता र स्वछन्दताको सिमाङ्कन कोर्न सकेन। दाताहरूको एजेण्डा सौन्दर्यकरण गर्न विवश पनि बनेपछि समाचारका विषय, प्राथमिकता र त्यसभित्र लुकेको आशयको पनि गम्भीर अध्ययन हुन आवश्यक हुन जान्छ। त्यसैले मिडिया बहसविहीन हुनसक्दैन। हामीलाई न त भेनेजुयलामा कर्पोरेट मिडिया खेलको बारे सामान्य अध्ययन गर्न पनि वार अन डेमोक्रेसी उपलब्ध छ, न त मिडियाको खेलबारे एडबस्टर्स पत्रिका नै सर्वसुलभ छ।
हरेक उद्योगले नाफा खोज्नु स्वभाविक हुन्छ भने नाफामा नैतिक आर्दशको माग गर्नु मुर्खता पनि। राज्यको लगानीबाहेकको मिडिया खैरातमा चल्ने र आर्दशकै गीतमात्रै गाउने संस्था हो भनेर सोच्नु पनि भुल हुन्छ। कर्पोरेट मिडियाको सफल प्रयोग गरेर विश्वव्यवस्थामा दबाब राख्ने पात्र हुन् अस्ट्रेलियन रूपर्ट मारडाँक। अझ उनका छोरा जेम्सले भनेको कुरा यहाँ उल्लेख गर्न प्रासङ्गिक हुनेछ —व्यापार घाटाको लागि हुँदैन। मान्छेलाई उत्तेजना चाहिन्छ, विज्ञापन जति कामोत्तेजक हुन्छ, मिडिया–कार्यक्रम पनि त्यत्तिकै लोकप्रिय हुन्छ । अहिले महत्वाकांक्षा, भोग र भोकले सताइएको नेपाली बजारमिडिया रूपर्ट मरडाँक र भ्वाईलेतो चमारो वार अन डेमोक्रेसीको फ्युजनमा रहेर कनफ्युजनमा परेको छ। रूपर्ट, मिडियाका बेताज बादशाह बने भने ला प्रेस्ता नामक मिडिया सीआईएले खडा गरिदिएर चमारो निकारागुवाकी राष्ट्रपति पनि बनिन्। कर्पोरेट क्यापिटलिजमका सर्वाधिक दुर्गन्धपात्र विश्व–मिडिया बादशाह मारडाँकले बेलायती शासनव्यवस्थामा हाली–मुहाली गरेको थ्याचरकालमा उनको इशाराबेगर त्यहाँ केही चल्दैनथ्यो भने टोनी ब्लेयरको दुई कार्यकालको श्रेय उनैलाई दिइन्छ।
जब आग्रह सूचना बन्छ, विज्ञापनको दबाबमा समाचार रहन्छ, आस्था आग्रह बनेर न्युज मिनिफ्याक्चरिङ हुनथाल्छन् तब सामान्यजनलाई सूचनाको हक स्यालको सिङ बन्नु अनौठो हुँदैन। बजारमिडियाको सार्वजनिक चरित्र अहिले कर्पोरेट हित र योजानासँग चलेको छ। आधारभूत वर्गको सामान्य विषय अंश बनेर आउन सक्छन् तर, विज्ञापनमाथि उनीहरूको दबाब र अघोषित दान दिन नसक्दा उपभोक्तामात्र बन्दछन्।
द्वन्द्वकालमा अभिजातवर्गको हितमा प्रत्यक्ष असर पुगेपछि सङ्क्रमण–कालमा उनीहरू बौद्धिक कसरत गर्नथाले। अग्रगामी परवर्तन उनीहरूलाई काउसो बन्थ्यो भने रुमानी प्रगतिशीलहरूको छिटै मोहभङ्ग हुनु स्वाभाविक हुन्थ्यो। तब, उनीहरूले या त मारडाँकको बाटो रोजे या त चमारोको। त्यसैले विदेशी एजेन्सी र आईएनजिओहरू अहिले बजारमिडियाका आशलाग्दा र ठूला प्रायोजक बन्दै बहसका कारखाना पनि भए। अहिलेको मनोदशा तयार गर्ने खेलमा यो अवस्थालाई अग्रगमनतिर डोर्याउने कि यथास्थितिमै रुमल्याउने अथवा प्रतिगमनतिर धकेल्दै द्वन्द्व निम्त्याउने भन्ने कुरा हरेक मिडियाको भूमिका र दाताहरूको आशय बुझ्न गाह्रो पर्दैन।
http://yosataa.com/index.php?link=news-detail&id=955

Subscribe to:
Posts (Atom)