Friday, January 8, 2010

यो पनि रामायणकै कथा हो

नयाँ पटरानीको सिहांसनमान सरमा विराजमान थिइन । महाराज विभिषणले आफनो आसन जमाईसकेका थिए । जलेर ध्वस्त भएको सुनको लकंa नासिएको कुल । महाराज रावण र उन्को वंश लडाइमा सकिइसकेको । उन्ले दुईटामात्रै भोलिका लागी काम थातीँ राखेका थिए-सुनमा बास्ना थप्ने र स्वर्ग जाने भर् याङ्गं बनाउने । हरेक मान्छेको जीवनमा भोलि कहिल्यै नआएझै रावणको जीवनमापनि कहिल्यै भोली आएन । नवोदित राज कुमारलाई काखमा च्यापेर बिधुवी कुम्भकर्ण भार्याको प्रबेश भएपछि राजमहलमा एकाएक सन्नाटा छायो । पुराना भारदारहरु कोही पनि देखिदैनन । नत गर्बिला राजा न्ात बहादुर पुराना सेनापतिहरु । ती सबै यात लडाँईमा मारिए यात नयाँ राजालाई मानेनन । जेहोस् सुनको लकi जस्ले बनाएका थिए ती त्यहाँ कोहीपनि थिएनन ।सन्नाटाको बीचैमा दरबार लाग्यो । आयोजन गर्भे टुहुरो कुम्भकर्णलालको पास्नीको लागी भएको थियो । भारदारी सभामा पदापर्ण गरेर केहीबेर अघिसम्म सान सौकतमा देखिएका नयाँ भारदारहरुमा पहिले छाएको कान्ति मलिन हुदै थियो । यूद्धपछिको दरबारमा लडाईको भयानक छायाँ पर्ला भनेर सबैले सोचेपनि मुर्दाघाटझै यस्तो शान्तिको भने कल्पनै नगरेका महाराजको चेहरामा टुहुरो भतिजो काखाँ च्यापेकी भाउजू देखेर आतकं छायो । हुनुपर्ने उल्लासमय माहोल थिएन भएन । आधिँबेहरीपूर्वको यो सन्नाटाले जलेको लकां नास भएको कुल थापिएको निगाहाको मुकुटले राजा वीभीषणकॊ अनुहारमा राजसी चमकको बदला दयनीय अबस्था र पछुताव स्पष्ट झल्किन्थ्यो । उन्लाई मगंंल धुन र जयजयकारको आवाजले जिस्क्याएझै लाग्दै गयो । मुटु पोलिरहेको थियो । मनको बह कसैलाई नकह जस्तै भएका महाराजलाई यो दरबार किन लगाएको हुँला भनेर पछुतो लाग्दापनि पास्नी नसकी भारदारी सभा सक्नु भनेको अर्थ अनर्थमा फेरिन्थ्यो । मर्म र सन्देश अर्कै जाने भएकाले पनि पुरा त् गर्नै थियो । तर केही भारदार र पटरानीलाई भने त्यस्तो केही चिन्ता थिएन ।मान्छे त्यही कुरा देख्छ जो ऊ देख्न चाहान्छ । शुन्दरता आखैँपिच्छे फरकफरक हुन्छन । शत्यपनि विस्वास अनुसार भिन्नाभिन्नै हुन्छन । सनातनमै हाकिँन मान्छे अभ्यस्त हुदाँ नयाँ विषय उस्कोलागी आतंक बन्नेगर्छ । शक्तिको सलाम गर्न अभ्यस्त हुदाँपनि त्यस्लाई हाकाहाकी चुनौती दिनेहरुलाई सहज तरिकाले स्विकार्न सक्दैन । जब मान्छे शक्तिको मौलिक कल्पना गर्दैेन तब निगाहामा बाच्न ऊ विवस हुन्छ । बानी पार्दै जान्छ । सनातनीहरु हिजोदेखी असन्तुष्टी त् हुन्छन तर केही नखजमजिई आफनै सर्तमा नयाँ परिस्थिति आओस् पाईयोस् भैदिओस् र त्यस्को केही पनि मुल्य भुक्तान गर्न नपरोस् भन्ने चाहान्छन । वास्तबिकता र नागों वास्तबिकतामा फरक भएपनि कपडाले बेरेको यर्थात जब बेपर्दा हुन्छ त्यस्लाई सहजै स्वीकार्न जो कोहीलाई गाह्रो पर्छ । मौन आतंकले पिरोलिएका विभीषण श्रिपेच ढल्काउदा पनि एउटी अवला बिधुवी भाउजु र नवालक अबोध भतिजो देखी अत्यन्तै आतंकित बन्न पुन्छन । वंश र राष्ट्रको मोलमा लगाएको मुकुट शोभा नबनेर गह्रौ र गन्हाउने भारी बनेको ठान्छन । कस्लाई भन्ने मनको बह । आफनै कुकृत्यको मानसिक पिडा उठाईरहेका रामानुजलाई पटक्कै त्यहाँ बस्न मनै लाग्दैन । तर आफैंबाट लखेटिएर बिचरा जाउँन कहाँ ! बिना अनिष्ट दरबार उठोस् भन्ने उन्को कामना र छटपटाहटले भारदारहरुमा अझ बेचैन थप्छ । अयोध्या दूतहरु भने कुनै अनिष्ट नहोस् र आफैंले सिगाँरेका महाराजलाई कसैले बात नलगाई दिओस् भन्ने प्रपच्ा गरिराखेका हुन्छन । हल्लाखोरहरु रावणको राक्षसीपनाको सबाई कथिरहेका, फलाकी रहेका हुन्छन । मसान बनेका चोकचोकमा रामभक्त माहाराजको महिमा गाईरहेको आवाज दरबारमा पुगिरहेको हुन्छ । आफैलाई छल्ने जति कोसिस गरे पनि महाराज सक्दैनन । हरेक मानिसलाई हृदयको आवाज र आदेशले पिरोलिरहेझैं उनिपनि ब्याकुल हुन्छन । मान्यजनको आशीर्वचनको थालनीबाट अन्नप्रासन थालनी हुन्छ । कुलको मर्यादाक्रममा जेठो शिसुकी माताश्रीनै हुन्छिन । उनि युद्धको बेला गर्भिणीनै भएकीले सती जानबाट रोकिएकी थिइन । शिसुका दुबै दाजु कुम्भ र निकुम्भ वंश र देशका लागी रामसेनासगँ लडदालडदै मारिएका थिए । हासिँरहेको शिसुको टाउको सुम्सुम्याउदै माताश्री आशीर्वाचन गर्छिन- पुत्र ! राष्ट्र र कुलको रक्षा र मर्यादानिम्ति दाजुहरुको बिँडो थामेस् हासीँहासी मर्ने पिताश्रीहरुकै अनुसरण गरेस् …॥तथास्तु ू माहोल अझ सन्नाटा छायो । मौन आतंक व्याप्त भयो । महाराज विभीषण बेहास् होलान जस्ता देखिए । भारदारहरु एकापसमा हेराहेर गर्न थाले । यो अनिष्ट कसरी भयो ! भनेर अयोध्या दूत छटपटिए । पटरानीको आसनमा रहेकी सरमा असह्यै भएर काम्दै गर्जिन ूदिनै थियो भने राम्रै आशिरवचन दिएको भए हुन्थ्यो ू खिलखिलाईरहेको शिसुलाई वक्ष्यस्थलमा लगाउदै कुम्भकर्ण भार्याको स्वरले राजभवन काप्यो । सुनको लका आफनो पित्रीभूमि ं बचाउन आफनो वंशलाई बलीबेदीमा चढाउने इच्क्ष्ाक कुलपति रावण कुम्भकर्ण इन्द्रजित र कुम्भ निकुम्भ कहाँका महान थिए अर्कातर्फ श्रिपेच ढल्काउँदै आर्काको दासता स्विकार्नेको तुलना नै कसरी हुन सक्छ पित्रीभूमि प्रतिको गद्धारी र वंश निर्मुल पार्नेको तुलना नै कहाँ हुनसक्ला ! शान सहितं बाचेँ मान्छेको जस्तो स्वाभिमान राखे बहादुर भएर लडे सहिद भएर बिते । जस्तो लकांली हुनुपथ्र्यो त्यस्तै भए । ूबाबु… तँ तिनै महान आत्माको सन्तति होस् जस्ाले उनिहरुले गर्न थातीँ रहेको कार्य फत्ते गर्नपर्नेछ । आफना लागी जातिय र राष्ट्रिय स्वभिमानलाई दाउमा लगाउने र मुल कुरा अन्यन्त्र मोड्न यस्तो धर्मात्माभन्दा सानदार बरु उनीहरुको अर्थको पापी नै बनेसू । घाइते बघिनै झै कुर्लिरहेकी सिहंली वीरगंना एक्लै लडिरहेकी थिईन । आक्रोसले थरथर कापेको शरीरमा जातीय गौरव राष्ट्रिय स्वाभिमान र वंशको सान कुर्लिरहेको थियो । उन्ामा रहेको आत्मविस्वासले नयाँ भारदारहरु कापेँ भने महाराज विभीषणलाई चिटचिट पसिना आयो । पटरानीलाई नाकमा हानिएको त्यो भनाई घुस्सा बनेको थियो । र महाराजले नरोकेकोमा आक्रोस पनि । यत्रो लकां कब्जा गर्दापनि एक अबलाको त्यो सरेआम निन्दा पचाउन सकेकोमा आफनै ख्वामितसगं सहिनसक्नु रिस उठेको थियो । आक्रमण गर्न त_िम्सएकी सरमालाई महाराजले रोक्दा रोक्दै पनि उन्ले सिता अपहरणको रावणलाई बात लगाइन र पापी नास गर्न र धर्मको पालन गराउन महाराजले जे कदम उठाए त्यो जायज र धर्मको मयार्दा पालन हो भन्ोर कुर्लिन । रिस आवेग र कर्तब्यले थरथराईरहेकी कुम्भकर्णभार्या भारी दरबारमा सिहंनी गर्जन थालिन- एउटी यौवना बहिनी सुर्पणखाले कसैलाई बिहेको प्रस्ताव राख्दा नाक कान काटेर बेईजत गर्नु कुनचाँही भगवान्को यो लिला हो र त्यस्लाई लकांपतिले युद्धघोष भनेर किन नबुझने अर्काेतर्फ तिमीपनि महिला हौ पबित्रताको अर्थ बुझछेउ । महाराज रावणको तागत तिमीलाई पनि थाहा थियो । के लकुंलीले सिताको सतित्वमाथि कहिल्यै आँच पुर् याए ! केका लागी महाराजले राष्ट्र र वशनास गर्नु भो त्यही श्रिपेचको लागी । धिक्कार होस् त्यो सत्ता जहाँ स्वभिमान बन्दगी राख्न पर्छ इतिहासमा कलकं लिएर बनेर यूग युगान्तर रहन पर्छ ।बिधुवा भाउजूको कुर्लाई महारानी सरमाको अवस्था भाईभारदारको मनोभावनाले महाराज सिहाँसनबाट जुरुक्क उठे । फर्किएर गद्धीतिर एकनजर लगाए । महारानीलाई डोर् याउदै खोपीतिर लागे । अरु आसिरवाद कार्यक्रम रोकियो । सबै भारदार मलिन अनुहार लगाउदै दरबारबाट निक्लिए । अयोध्या दूतहरुभने आस्र्चयमा परे । त्यो सबै बुझेझै गरेर शिशु खितखिताउन थाल्यो भने माता उस्को तालु सुम्सुम्याउदै गबिर्लाे चेहरा लिएर राजप्रासादबाट निक्लिईन । ंंंंंंंंंंंंंंंंंंंंंंं……………………………………………………………………………………………… त्यसबेलादेिख हरेक कालखण्डमा जहाँ रामायण वाचन हुन्छ, जहाँ गजराज मिश्र, लेण्डुप दोर्जे, अहमद चलाबी र कर्जाईको चर्चा हुन्छ, जहाँ राष्टबाद चर्चामा हुन्छ त्यहाँ रामायणको अर्काे पाटोको यो कथा पनि वाचित हुने गरेको छ ।१ जनताको नजरमा कहित्यै नगिरौं २, जनबिस्वास कहिल्यै नडगमगाओस् ३ mukhbat nikleko boli ,केराको गुभो, padkeko बन्दुकको गोली र सिउँदोको सिन्दुर अर्को पटक दोहारिदैन । अन्नापूर्ण पोष्ट २५पौष २०६६

1 comment:

  1. तपाइको लेख अध्ययन गरें । अति सुन्दर छ । यी तलका हरफले मेरो हृदयस्पर्ष गर्यो । "धिक्कार होस् त्यो सत्ता जहाँ स्वभिमान बन्दगी राख्न पर्छ । इतिहासमा कलकं लिएर बनेर यूग युगान्तर रहन पर्छ"

    ReplyDelete