Saturday, January 2, 2010

नयाँसाल र नयाँसोच ग्ा्रेगरी क्यालेण्डरको पाना पल्टिदै ईस्वीसन २०१० को नयाँबर्ष सुरुवात भैसक्यो । तर अहिले कतिपयलाई नयाँसोच र अभियानभने काउसोको माला बनेर त्यसलाई गर्दनबाट कतिछिटो निकालेर फार्लौँझै भएको छ । बितेको बर्ष दुनियामा अनेकौं कीर्तिमान ठडिए देशैभित्र अनेकौ हलचल भयो ।सनातनमा रमाउनेहरुलाईभने त्यसले छोएन । कानमा तेल हालेर सुतेकाहरु नत ब्यूँझे नत खस्रो छालामा काउकुतिनै लाग्यो । जहाँपनि आदेशमा वा पहिल्यै तयगरेर कुनैपनि युगान्तकारी घटनाहरु घटने गर्दैनन । तर पात्रोमा भने समयको कोशेढुगां त्यस्ले खडा गर्दैजान्छ । नयुदिन आउँछन नवीन घटना घटछन तर पुरानै सोचमा रम्न चाहाने र अस्तित्व धानिनेहरु भने नयाँ बन्न कहिल्यै चाहाँदैनन । ससांरभरिकै क्यालेण्डरको सुरुवात यस्तै तरिकाले हुनेगरेको छ । यथास्थिति र अन्यायको बिरोधगर्दा ईसामसिह सहिद भए त्यसैलाई इसाईहरुले इस्वीसबंतको सुरुवात माने । अहिले यो सम्राज्यबादको सास्क्रितिक धारिलो हतियारबन्दै लोभ लालचमा फसाएर धर्मान्तरण गराउने र भातेकि्रस्चियन तयार गरेर आफना जनराजदुत बनाउने खेल बन्यो । ससांरमै यस्तो अभियानै चल्ोकोछ । तर त्यहीँ रोमन अत्याचारको बिरुद्ध युद्धको शखंघोष गरेर अभिजात बर्गलाई हाकाहाकी चुनोैति दिदै कपुवाका सडकमा दुबैतिर ईसाझै टािगंएका ग्लाडिएटरहरुभने अभिजातबर्गलाई सपनीमा देखिने आतकं त बन्यो तर स्पार्टाकस्लाई अर्काे कोशेढुगामान्न उनिहरु कहिल्यै तयार भएनन । त्यस्को शौन्र्दयताभर्ने स्पार्टाकस् सन्तती शूलीमा टािगंँईसकेका थिए । गौरबगाथा लेख्नुपर्ने अनुयायीहरु उत्पिडित थिए । दास बनाईएका थिए । किसान र मजदुर थिए । भास्यकारहरुभने रोमन थिए अभिजात बर्गका । मालिक वशंका थिए । तब त्यो कहानीमात्र बन्यो । इतिहासमा लुकाउन नसक्ने बिषय बने पनि सबंद भने बन्न पाएन । महमदको मृत्यु हिजरीको पहिलो क्यालेण्डर बन्यो । युरोपको आधुनिकता नेपोलियन पूर्ब र पछिको -प्रीइरा र पोष्ट ईरामा बाँडियो । हरेक देश जाती र सस्क्रितिले आ-आफनै पात्रो बनाउदै गए । बुद्धपूर्णिमा र गुरुपूर्णिमा बन्दै गए । कति व्यबहारिक भए कतिपय भाबनाले थेग्दै रहयो । हाम्रै मुलुकमा हरेकजसो महिना एउटा न् एउटाजसो नयाँबर्षको सुरुबात हुन्छ । नेपाल सवंत बिक्रमी साके हिजरी इस्वी गुरुपूर्णिमा अनेकौं लोहसार माघी र प्रकृतिक पुजकहरुका न्वागीहरु । त्यो आ-आफनै तरिकाले मनाईन्छ । धानिन्छ । यस्का पछाडि ऐतिहासिक र सास्क्रितिक कारणहरु जोडिएका हुन्छन । तर अन्धभक्तहरुले हरेक सवंतलाई धार्मिक कर्मकाण्डी तिथिमितिमात्रै बनुउदै लगेका हुन्छन । अनुयायीले त्यस्लाई निरन्तरता दिएका र धानेका हुन्छन । अझ अहिले त्यही गे्रगरी इस्वीसबंतको नयाँ पात्रोलाई सभ्य र आधुनिकमा दरिनेँहरु न्यु इयर डे मनाउन ससांरैभरिको उपभोक्तबाद तँछाड मछाड गरिरहेकाछन । ठमेलसस्क्रिति त्यही उपभोक्तबादको नेपालीहकवाला हो र त्यस्लाई छरिरहेको छ । इतिहाँसको थालनी कहिल्यै पनि पात्रोमा पहिल्यै तय भएको सिमित पारिएको र उदघोष गरिएको बिषय हँुदैन । परिस्थिति पाकिसकेको हुन्छ । त्यस्लाई सुक्ष्म आखाँले मिहीन पाराले ठम्याउछन र बाणी दिन्छन । त्यो कहिल्यै सवंत बन्छ भने कहिले ऐतिहासिक नजिरमात्र । सामाजिक अबस्था र गति त्यसभित्रको अन्तरबिरोधको आँकंलन पहिचान र भूमिका खेलेर मात्र परिस्थितिलाई अनुकुल बनाउनेहरु हरेक काल खण्डमा जोखिम उठाउने गर्छन । कति सफल हुन्छन घटना नजिर बनेर आउँदो समयमा प्रेरकशक्ति पनि बन्दछ भने कतिपय बिस्मृतिका गर्भैमा त्यसै रहेका हुन्छन् । हरेक सत्ताले गतिशीलततालाई बुझन सकेको हुदैन । बुद्धलाई बौलाहा भनिँदा इसालाई सुली चढाँईदा प्लेटोलाई दासमण्डीमा बेचिँदा हरेक कालका क्रान्तिकारीहरुका सपनामाथी प्रहारगर्दै सत्ता शिकार बनाउँछ । सत्ता कहिल्यैपनि यथास्थितिलाई खज्बज्याउन चाहाँदैन भने सरकारी बिदुषकहरु ज्हिलेपनि अग्रगमनको उछित्तो खनिरहेका हुन्छन । अन्यायको विरुद्ध दया र क्षमाका प्रतिक इसा अहिले स्वयं अन्यायीका लागी हतियार बन्ोकाछन । भौतिकबादका अभियन्ता र मुर्तिपुजाका बिरोधी गौतम बुद्धका नै ससांरमै सबभन्दा धेरै मूर्ती छन । तत्कालिन अरबी प्रगतिशील हजरत मोहमद र इस्लाम अहिले कट्रताबादको चक्रब्यूहबाट मुक्त हुनसकेको छैन । दुयिामानै भएझै इतिहास र समकालिन आधुनिक नेपालको भाग्य र भबिस्य तयगर्ने केही महत्वपुर्ण तिथिमितिहरु छन । ती कहिल्यैपनि क्यालेण्डरमा कैदभएर अभियान चालू भएनन । बरु घटना र त्यस्ले निकालेको परिणामले नयाँ पात्रा ेभने बनाउदै गयो । राजज्वतिषले भविष्यबाणी गरेका थिएनन् नत कोही विदूषकहरुले विस्लेषणनै गरेका थिए । जब त्यस्लाई अभियन्ताहरुले थालनी गरे कतिले त्यस्लाई ठट्ाको बिषय बनाए भने त्यस्को दुरगामी महत्व पछयाउनु भन्दापनि कसरी भाडँन सकिन्छ भन्ने उपाए खोज्न थाले । तर गतिशील समयले त्यस्लाई कहिल्यै वास्ता गरेन अगाडिबढदै गयो । अरुले के भन्ला भनेर धारणा बनाउने र भूमिका निभाउने भनेको मध्यम वर्गिय सोच हो । सामान्य अबस्थामा यो शक्तिको पुजारी हुन्छ भने परिवर्तनको बेगमा अग्रगामि भएर देखिन्छ । नाफामा भूमिका तयगर्ने भएको हुदु सधैँ सुबिधा र नाफाको सोच राख्दछ र सधैं द्धुबिधामा रहन्छ । इतिहासले कोसेढुगां यसैगरी खडा गर्दै बढ्यो । बढदै गयो । इतिहासमा क्यालेण्डरहरु यस्तैगरि बने र चले । हरेक ठाँउ र अबस्थामा नकरात्मक इतिहासको शाक्षी तत्कालिन मिडिया हुनेगर्छ । दैनिक टिपोटमा रहेको समयको मुल्याकंन आकंलन कस्ले कसरी गरेको रहेछ भन्ने बिषय लिखत वा जनश्रुतिमा रहेका वा दरिएका हुन्छन । नेपालकै पछिल्लो कालको दस्ताबेज हरेकका भूमिकाले अहिलेको पृष्टभूमि बताईरहेको छ । आपुूलाई गतिशील बनाउनै पनि पुराना पाता पल्टाउनैपर्ने हुन्छ । हरेक घठनालाई कार्य कारण र परिणाम जोडेर हेरेमात्रै वास्तविकताको जानकारी भए धारणा बनाउदै भूमिका किटान गर्न सकिन्छ । हरेक अग्रगमनसगं इतिहासबोध हुन आबस्यक र अनिवार्य पनि हुन्छ । त्यस्मा आजका पात्र र प्रबृतिसमेत छर्लिगंन्छन । आधुनिक नेपालको सपनाको मार्गचित्र नेपाली काग्रेसको बर्गिनिया सबेंलनको २००७साल आस्विन १० र ११ घोषणाले गरेको थियॊ । कार्तिक २६ र २७को मध्यराती अर्थात ११ नोभेबंरको जिरो आवरमा सुरुभएको सशस्त्र आन्दोलनलॆ जे-जस्तो परिणाम निकाल्यो त्यो फागुन ७ गतेमात्र सतहमा देखापर् यो । आ-आफनै तरिकाले मानिस सहभागी भए । भूमिका निभाए । ब्याख्या बिस्लेषण गरे । अर्काे महत्वपुर्ण तिथिमििित बन्यो । महेन्द्रशाही ब्यबस्थाविरुद्धको अलगै प्रकारको आन्दोलन बिपि कोईरालाको २०३३ पौष १६ राष्ट्रिय मेलमिलाप । ३२वर्ष पहिलाको त्यो निर्णय तत्कालिन अवस्थामा त्यस्का पक्ष र बिपक्षमा जे-जस्ता तर्क आए पनि शीतयुद्धकालको विष्व राजनीति दक्षिण एसियाको अवस्था र राष्ट्रियताको संबेदनशीलता थियो । अडिटवादको त्यसबेला ठुलो हल्ला मच्चाईयो । तर अहिले इण्डोनेसियाको नरसहांर सुहार्ताेको फासीबादी अभ्यासले अडिटबाद स्वयं हौवा थियो र राष्ट्रिय सबेंलनशीलतानै तत्कालिन प्रमुख बिषय थियो भन्नेकुरा प्रस्टयायो । आजको सन्दर्भमा अझ राष्ट्रबादी शक्तिहरुको मेलमिलाप किन आबस्यक छ र विभिन्न आबरणमा विभिन्न दलमा रहेका भरौटेहरुले किन र कसरी अबरोध गर्छन भन्ने कुरा तीसको दशकलाई मिहिनपाराले नियाल्नुपर्ने हुन्छ । नेपाली समाजको अग्रदिशाको अर्काे मूल अभियान भनेको माओबादी जनयुद्ध हो ।०५२साल फागुन १ गतेबाट सुरुभए पनि सुरुवातगर्ने त्यस्को निर्णय भने कार्तिकको माओवादीको गोरखा बैठकले गरेको थियो । १० बर्ष ९महिना ५दिन चलेको यो बिद्रोहात्मक अबस्थाले नयाँ रुप अबस्था ल्यााउन ८ मसिर २०६२को १२बुदे सहमतिनै हो । यस्को परिणाम वसन्तको गर्जन बनेर देखियो- सघांत्मक धर्म निरपेक्ष लोकतान्त्रिक गणतन्त्र नेपाल बनेर । हामी कार्य र परिणामको व्याख्या बिश्लेषण त गर्न चाहान्छौ तर कारण भने खोज्न थाल्दैनौ । अझ उपभोक्ताबादको दबाबमा रहेको मिडिया कुनै पनि घटनाको सूचना दिदाँ किन र कसरी भन्ने कुरा न्युज मिनिफयाक्चरिगंमा महत्व राख्दैन । क्यालेण्डरका थालनी यसबाट घाइते भएको छ भने तत्कालिन अबस्थाको नागांे वास्तबिकताबाट जिज्ञासुहरु जानकारी बिहिन भएका छन । लिखित इतिहास भन्छ- अग्रगमन र यथास्थितिबीच जहिलेपनि जहाँसुकै टकराहट हुन्ोगर्छ भने विभीषण लेण्डुप दोर्जे चलाबी र कर्जाईका प्रतिनीधिहरु हरेक देश र समयमा जहाँतहिँ हुनेगर्छन । यथास्थितिमै रमाउने शक्ति र देखिने कटबालेहरु जहिले पनि सनातनी सोच कुर्लिरहन्छन । सत्ताका दानापानीमा हुर्केका र अग्रगमनले परिचय धरापमा पारेकाहरु सधैँ बरबराई रहन्छन । क्यालेण्डरका पाना पल्टिदा पनि सोचलाई भने अर्जाप्न उनिहरु कहिल्यै चाहाँदैनन । आबेग र उत्तेजना भर्दै बतासे फुलका ओथारो बस्दै तर्क कोरलेर क्यालेण्डरलाई पुरानै पानामा सीमितपार्न खोज्नेहरुको सोचलाई नयाँ सालले केही असर पार्दैन । मानव सभ्यताले पाएको उपहार सजाउन नसक्ने अभिजातहरु प्ात्रोको मर्म र सवेंदनशीलताको चुरोमार्न चाहान्छन भने त्यही मर्म पछयाउनु अग्रगमन इतिहासबोध र प्रगतिशील शिक्षा हो । अग्रगमनको धारिलो हतियारपनि ।
annapurnapost 18 pqush 2066

1 comment:

  1. Peter sir,
    Thank you very much for your factual analysis of the illogical & deserving persons of Nepali politics. I really enjoyed with your views. Your artilce is a key for encouragement to the ill mentality to wake up for the change. Salute for the great views.
    From Damodar Prasad Acharya
    Leuven, Belgium

    ReplyDelete